७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ।

काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा काँग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औंपचारिक निर्णय गरेको हो।

८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएपनि सरकारमा जाने विषय भने प्रवेश गराइएन। सरकारमा जाने विषयमा पार्टी सकारात्मक भएपनि समय आईनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाई थियो।

उनले भने, ‘हाम्रो आठ दलका राष्ट्रपति पदका साझा उम्मेदवार रामचन्द्र पौडेलज्यूलाई हाम्रो पार्टीले मतदान गर्ने निर्णय हामीले गर्‍यौं। सरकारमा जाने विषयमा सकारात्मक छौं। त्यसमा जाने बेलामा हामी छलफल गर्छौ। त्यस विषयमा आज प्रवेश नै गरिएन।’

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। त्यसका लागि काँग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिनु भएको छ भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवाष नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन्। 

प्रकाशित: १७ फाल्गुन २०७९ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App