१९ आश्विन २०८१ शनिबार
image/svg+xml

चक्रपथ बाहिरको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न २४ अर्ब बित्तीय श्रोत आवश्यक

काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आएको बताएका छन्।

एकै दिन ५ सय भन्दा बढी सवारी चालक ट्राफिक कारवाहीमा

जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारवाहीमा परेका छन्।

प्रदूषण परीक्षणमा उपत्यकाका धेरैजसो सार्वजनिक सवारी फेल

शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको टिमले सवारीको प्रदूषण परीक्षण गरेको थियो।

तीव्रगतिमा सवारी चलाए एक घण्टा ट्राफिक सचेतना कक्षा

के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ? चलाउने भए होसियार! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ।

उद्योगीहरुद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण जिल्ला-नगर र वस्तुगत उद्योग वाणिज्य संघहरुले संयुक्त रुपमा विभिन्न राजधानीमा शुक्रबार प्रदर्शन गरी बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ प्रतिशतभित्र रही जोखिमका आधारमा आधारदरमा बढीमा २ प्रतिशत मात्र लिन पाइने व्यवस्था गर्न माग राखे।

काठमाडौँमा सार्वजनिक जग्गा तथा संरचनाको प्रयोगमा कडाई गर्दै प्राधिकरण

प्राधिकरणले असोज २४ गते (सोमबार) सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा तथा संरचनाहरुको नाप नक्शा लगायतका कागतजात एक साता भित्र बुझाउन आदेश दिएको हो।

काठमाडौँ उपत्यकासहित पश्चिममा भारी वर्षा, काठमाडौँमा दिउँसो ३ बजेपछि वर्षा रोकिने

वरिष्ठ मौसमविद् कडेँलले भने, “सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुदैन। मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ।”

चाडपर्व लक्षित विशेष जाँच

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास, बालाजुलगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको जानकारी दिए।

कार्तिकबाट वागमतीमा सफा पानीः धाप परियोजनाको ९८ प्रतिशत काम सकियो

वागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कार्तिकबाट वागमती नदीमा सफा पानी बग्ने भएको छ।

तस्बिरमा हेर्नुहाेस् इन्द्रजात्राको रौनक

रथ तान्नु अघि बसन्तपुरमा राष्ट्रपति लगाएत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए।

सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन

दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहाेर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगर वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व्यवस्थापन भइसकेको र यदि कतै फोहाेर व्यवस्थापन हुन बाँकी भएको पाइएमा महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गरिन।

बालेन्द्र भन्छन्– मैले के बिराएँ?

‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो क्षतिपूर्ति उसले दिनुपर्छ,’ उनले हरेकजसो पसलमा पुग्दै भन्ने गरेका छन्, ‘यो तपाईहरूको हैन, अनधिकृत उपयोग गर्ने घरधनीले निम्ताएको समस्या हो।’

चार दिनभित्र फोहोर व्यवस्थापन हुने

टेकु ट्रान्फरस्टेसनमा रहेका फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहोर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्