१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचान भएन

काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन।सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको महानगरले जनाएको छ।

खुला रूपमा फोहोर जलाउन प्रतिबन्ध लगाउन कानुन अभाव

‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८ लाई संघीय संरचनाका हिसाबले अद्यावधिक गर्न प्रदेश र स्थानीय तहसँग छलफलमा छौं र प्रस्तावित ऐनको मस्यौदा तीन–चार महिनामा तयार हुनेछ,’ संघीय मामिला मन्त्रालयअन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्य भन्छन्।

हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन पक्राउ

पक्राउ व्यक्तिले विसं २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिंक इन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैँकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको छ।

फोरहका कारण मुख्य प्रवेशद्वार नै बन्द

फोहरकै कारण मानिसले यो प्रवेशद्वार प्रयोग गर्न नपाएको कालीमाटीमा केरा बेच्दै आउनुभएकी रमिता लामाको भनाइ छ। उनका अनुसार दुई महिनादेखि यस क्षेत्रमा फोहरको गाडी आएका छैनन्। कालीमाटीमा गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थानमा पनि फोहरको डङ्गुर थुपारिएकाले यात्रुलाई समस्या पर्नाका साथै फुटपाथमा आवतजावत गर्नसमेत कठिन छ।

आरक्षण सीट लागू नगर्ने सावारीलाई कारबाही गर्न सुरु

उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागू नगर्ने १९ वटा सार्वजनिक सवारीसाधनलाई कारबाही गरेको छ।

काठमाडौंको धराप फुटपाथमा जोखिमपूर्ण पैदलयात्रा (फोटोफिचर)

त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझै पनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो।

उपत्यकाको फोहाेर भोलिदेखि पुनःव्यवस्थापन हुने

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहाेर उठ्न सकेको थिएन।

उपत्यकाको फोहोर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

पेचिलो सवाल बन्दै आएको संघीय राजधानी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ।

तीनकुनेको आर्क ब्रिजको ठेक्का वाइपी किराँतेश्वरलाई

कोस्टल–पप्पु जेभीले कमसल निर्माण गरेर अलपत्र पारेको तीनकुनेस्थित बागमती नदीमा फेरि आठ वर्षपछि नयाँ ठेक्का लागेको छ। नयाँ ठेक्का प्रक्रियाबाट पुल निर्माण गर्ने जिम्मेवारी भने वाइपी किराँतेश्वर जेभीले हात पारेको छ।

आज र भोलि उपत्यकाको फोहाेर व्यवस्थापन प्रभावित

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।

उपत्यकाको फोहोरमा निजी क्षेत्र: वार्षिक ३.५ अर्ब संकलन व्यवस्थापनमा लापरबाही

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट निजी तथा गैरसरकारी संस्थाले फोहोर संकलन गरेबापत वार्षिक साढे तीन अर्ब रूपैयाँभन्दा धेरै शुल्क उठाउँदै आएका छन्। तर फोहोर व्यवस्थापनमा भने सधैं लापरबाही हुँदै आएको छ।

अब काठमाडौँ उपत्यकाको फोहोर राति मात्र ढुवानी हुने गरी १८ बुँदे सहमति

काठमाडौँ उपत्यकाको फोहोर अबदेखि रातिमात्र लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीयबीच गए राति १८ बुँदे सहमति भएको छ। सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो।

फोहोरको राजनीतिले बिताउला?

अहिले फोहोर व्यवस्थापनमा राजनीति समेत रहेको छ। मुलुकको सबैभन्दा ठूलो र सम्पन्नमध्येको एक राजधानीको काठमाडौँ महानगरपालिकामा प्रमुख दलहरूको पराजय भएको छ। यसको नेतृत्वमा बालेन आएका छन्। उनी आउनासाथ समस्या समाधान हुन थाल्नु भनेको प्रमुख दलहरूको साख थप गुम्ने स्थिति हो। त्यसैले फोहोरको समस्यालाई अरू धेरै बल्झाएर मात्र समाधानतर्फ लगिने निश्चित छ।

देशका केही ठाउँमा मनसुनी वायुको प्रभाव

हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्