५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

एकै दिन ५ सय भन्दा बढी सवारी चालक ट्राफिक कारवाहीमा

फाइल तस्बिर

काठमाडौं उपत्यकामा बिहीबार गरिएको विशेष चेकिङका क्रममा ५ सय जना भन्दा बढी सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।

जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारवाहीमा परेका छन्।

यसका साथै बम्पर गार्ड नहटाउने २१ जना र अन्य कसुरमा ४९५ जना चालकलाई कारवाही गरिएको छ। चेकिङकै क्रममा ठुलो आवाज निकाल्ने ३ वटा र कागजपत्र साथमा नभएका १० वटा गरी १३ वटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्युनीकरण गर्न र सहज तथा सुरक्षित तवरले सवारी आवागमन गराउन ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।

प्रकाशित: २२ मंसिर २०७९ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App