१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बारम्बार अधिग्रहणको किचलो

कतैबाट अवरोध नआए सन् २०२१ को जुलाईमा यहाँ निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ। त्यहीअनुसार भौतिक प्रगतिले गति पनि लिएको छ। अहिलेसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले बताएको छ।

विमानस्थलमा अध्यागमनले रोक्याे प्रशिक्षक र खेलाडी

नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन्। यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यही मङ्सिर २८ देखि सुरु भएको च्याम्पियनशिपमा भाग लिन जानेक्रममा विभागले आफूहरुमाथि रोक लगाएको जानकारी दिए।

खराब मौसमका कारण समिट एयर जहाज जुफाल विमानस्थलमा थन्कियो

प्रतिकुल मौसमका कारण समिट एयरको जहाज डोल्पाको विमानस्थल जुफालको धावनमार्गमै थन्किएको छ। बिहान ७ बजे जुफाल विमानस्थलमा अवतरण गरेको जहाज मौसममा खराबी आएपछि धावनमार्गमै थन्किएको हो।

निजगढ विमानस्थलका विषयमा सर्वोच्चले बोलायो दुवै पक्षलाई

सर्वोच्च अदालतले सरकारको निजगढ विमानस्थल बनाउन रूख काट्ने योजना यथास्थितिमा राख्न आदेश गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ। न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेशका विषयमा सरकारलाई रूख काट्नुको कारण माग्दै निर्णय यथास्थितिमा राख्न आदेश गरेको हो।

नेपालगन्ज विमानस्थलको सुरक्षामा गम्भिर खेलवाड

बुद्ध एयरको ४०५ फ्लाइटको एटिआर–७२ जहाज मंगलबार बेलुका ६ बजेर २० मिनेटमा जब नेपालगन्ज बिमानस्थलको रनवेमा प्रवेश गर्‍यो, रनवेमा अचानक बँदेल आएर जहाजसँग ठोक्कियो । जहाजको पछाडीको पांग्रामा ठोक्किदा बँदेल घटनास्थलमै मर्‍यो, भने पाईलटको सावधानीका कारण जहाज ठुलो दुर्घटनाबाट जोगियो । बुद्ध एयरका नेपालगन्ज प्रमुख बिनित शाहका अनुसार जहाजमा कुनै क्षति भएन । तर, ठुलो दुर्घटना टर्‍यो । ‘जहाज ल्याण्ड गरेर रनवेमा गुडिरहेको थियो, त्यहीबेला एक्कासी बँदेल निस्केछ,’ उनले भने ‘जहाजको पछाडीको चक्कामा बँदेल ठोक्कियो र घटनास्थलमै मर्‍यो, जहाजमा भने कुनै क्षति भएन ।’

विमानस्थलमा प्रहरीले बढायो निगरानी

तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ।

पाटन विमानस्थल कालोपत्रे हुन सकेन

म्याद सकिएको १६ महिना बित्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे हुन सकेको छैन। २०७५ को असारमै कालोपत्र गरिसक्ने गरी निर्माण कार्य भए पनि डेढ वर्ष हुनै लाग्दा पनि कालोपत्रे हुन सकेको छैन।

मर्मतका लागि भरतपुर विमानस्थल बन्द

चितवनको भरतपुर विमानस्थल १० दिनको लागि बन्द भएको छ। विमानस्थलको धावनमार्ग र पार्किङ मर्मत तथा विस्तार गर्न लागिएकाले आइतबारदेखि १० दिनसम्म सबै उडान बन्द गरिएको विमानस्थलका सूचना अधिकारी केशव लम्सालले जानकारी दिए।

देवल विमानस्थलको स्तरोन्नति र कालोपत्रेमा ढिलाइ

बझाङ- देवल विमानस्थलको स्तरोन्नति तथा कालोपत्रे गर्ने काममा ढिलाइ भएको छ । ठेकेदारको लापरबाहीले काममा ढिलाइ भएको हो ।

आन्तरिक विमानस्थल स्तरोन्नति अन्तिम चरणमा

हाल सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमा ठूला विमान उडाउन र अवतरण गर्न सक्नेगरी विकास गर्ने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत देशभरका विमानस्थल स्थरोन्नतिको काम अन्तिम चरणमा रहेको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ।

आठ किलो सुनसहित विमानस्थलबाट दुई जना विदेशी नागरिक पक्राउ

राति ११ बजे चेकजाँचका क्रममा दुई जनाबाट ४/४ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबै जना चिनियाँ नागरिक हुन्।

विमानस्थलको लागि तत्काल चार किल्ला छुट्ट्याउँछौं : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्ट्याउने काम गर्ने जानकारी गराएका छन् । उक्त कार्यका लागि वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरी वातावरणीय अध्ययन भइरहेको उनको भनाइ छ ।

त्रिभुवन विमानस्थल पुसदेखि पूर्ण सञ्चालनमा

देशको एक्लोअन्तर्राष्ट्रिय विमानस्थलआगामी पुसदेखि २४ सै घन्टा सञ्चालन हुने भएको छ।मन्त्रालयस्तरीय विकास समस्या तथा समाधान समितिको बुधबार बसेको बैठकमा चालु आर्थिक वर्षको पहिलो चौमासिक नीति तथा कार्यक्रम र बजेटको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भ्रमण वर्षको पूर्वसन्ध्यामा २४सै घन्टा सञ्चालन गर्ने गरी सुधारको काम भइरहेको जानकारी दिइयो।

जुम्ला विमानस्थलः पहुँचवाला उड्छन्, सर्वसाधारण फर्किन्छन्

गत वर्ष विमानस्थल सुरक्षा समितिको बैठकले सुरुमै आउनेलाई पहिलो टिकट पाउने निर्णय गर्यो। त्योे निर्णय हुँदा सर्वसाधारण निकै खुशी भए। उनीहरुले अब जहाज चढ्नकै लागि हारगुहार गर्न नहुनेमा ढुक्क थिए। तर त्यो निर्णय माइन्युटमा मात्र राखियो। न निर्णय कार्यान्वयन भयो, नत, सर्वसाधारणले सहजै रुपमा टिकट पाए। उल्टै पहुँचवालाको हालीमुहाली हुन थाल्यो। सर्वसाधारणले एक टिकट पाउन हप्तौँ विमानस्थल धाउनुपर्ने अवस्था आइपर्यो।

दैनिक चार घण्टा धनगढी विमानस्थल बन्द हुने

आजदेखि दैनिक चार घण्टा धनगढी विमानस्थल बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरबृद्धिको लागि बन्द गर्न लागिएको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापा बताए। एक महिना विमानस्थल आंशिकरुपमा सञ्चालन हुने विमानस्थलले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्