३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रदेश नम्बर १- उपमहानगरपालिकामा नेतृत्वका आकांक्षी

विराटनगर, इटहरी र धरान उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार बन्न स्थानीयदेखि जिल्लास्तरीय नेताहरूले आफ्नो दलभित्र आन्तरिक हिसाबले लबिङ गरिरहेका छन्। त्यति मात्र होइन, यी उपमहानगरपालिकामा सांसद भइसकेका र केन्द्रीय स्तरका नेताहरूको समेत नजर परेको छ।

महानगरमा दैनिक ५ चौपायाको ज्यान गुम्दै

काठमाडौं महानगरपालिकाभित्र दैनिक सरदर ५ चौपाया मृत अवस्थामा भेटिने गरेका छन्। साउनदेखि फागुनसम्ममा १३ सय ८४ चौपया मृत अवस्थामा भेटिएका हुन्। मृत फेला पर्ने चौपायामा कुकुर, बाच्छा, साँढे, बिरालो र बाँदर छन्।

पोखरा-लेखनाथ महानगरमा उम्मेदवार बन्न दौडधुप

पोखरा-लेखनाथ महानगरपालिका बनेपछिको पहिलो निर्वाचनमार्फत महानगर प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) बन्ने आकांक्षा बोकेका राजनीतिक दलका नेताबीच उम्मेदवारीको दौडधुप सुरु भएको छ। महानगरको पहिलो मेयर र उपमेयर बन्ने चाहना बोकेका नेताहरु अहिले आफ्नो पक्षमा समर्थन जुटाउन आन्तरिक लबिङमा व्यस्त छन्।

भरतपुर महानगरमा मेयरका आकांक्षी धेरै, उपमेयरमा चासो कम

भरतपुर महानगरपालिकाको नेतृत्व गर्न चाहने आकांक्षीको लामै सूची देखिएको छ। मुख्य दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सम्भावित मेयर उम्मेदवार छनोटको तयारी हुन थालेको छ।

उपत्यकाका दुई महानगरमा दलभित्रै प्रतिस्पर्धा

स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र उम्मेदवार बन्ने दौड सुरु भएको छ। वडा सदस्य हुँदै महानगरपालिका प्रमुख (मेयर) सम्मका लागि आआफ्नो योग्यता र हैसियतअनुसार सबै तहका नेताहरू उम्मेदवार बन्न सक्रिय छन्।

विदेशी लगानी आब्हान गर्दै लण्डनमा उद्योगमन्त्रीले भने: लगानी गरेकै मुद्रामा मुनाफा फिर्ता

उद्योगमन्त्री नवीन्द्रराज जोशीले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।

कुनै पनि बहानामा निर्वाचन सर्दैनः उपप्रधानमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् ।

विराटनगरलाई महानगर बनाउन फेरि 'लबिङ'

सय वर्ष पुरानो सहर विराटनगरलाई महानगर पालिका बनाउन लबिङ तीब्र पारिएको छ। मुलुककै पुरानो उपमहानगर विराटनगर राज्य पुर्नसंरचनामा महानगर नबनेपछि यहाँका स्थानीय निरास छन्।

सरकारले महानिरीक्षक नियुक्त गर्न सकेन

सर्वोच्च अदालतको फैसलापछि प्रहरी महानिरीक्षक नियुक्ति गर्न सरकार असफल भएको छ। महानिरीक्षक नियुक्ति हुन नसक्ने स्थिति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रमसमेत मन्त्रिपरिषद्बाट पारित हुन सकेन।

नयाँ शक्तिको हिमाल–पहाड–तराई अभियान सुरु, आज लहानमा सभा

नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ आजदेखि सुरु हुँदैछ। हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाब दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

सर्वोच्चद्वारा प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको नियुक्ति बदर

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णय बदर गर्ने फैसला सुनाएको छ। सर्वोच्चले मर्यादाक्रम र बरिष्ठताका आधारमा अगाडि रहेको व्यक्तिलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

महान्यायाधिवक्ताले अन्तिम बहस नगर्ने

सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको प्रहरी महानिरीक्षक नियुक्ति विवादसम्बन्धी मुद्दामा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले सोमबारको पूर्ण इजलासमा अन्तिम बहस नगर्ने बताएका छन्।

म्याग्दीका चौध ठाउँमा तातोपानीका मुहान

म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् ।

एसइईको तयारी पूरा, भोलि बिहान ८ बजेदेखि परीक्षा

देशभर बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम ९एसइई०को सम्पूर्ण तयारी पूरा भएको छ ।

अब बहाना के हुन सक्छ ?

स्थानीय तहको चुनावी प्रक्रिया सुरु भएर निर्वाचन आयोग समाचारमा छाउन थालिसक्यो । तोकिएको निर्वाचन मिति २०७४ वैशाख ३१ गतेको व्यापक प्रचार भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्