११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सम्झौता रद्द भए पनि सिएमसीलाई मेलम्चीको काममा फर्काउन पहल

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ। आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि बढी लाग्ने भएकाले मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सिएमसी कम्पनीसँग नै छलफल थाली काममा फर्काउने प्रयास थालेको हो।

संकटमा मेलम्ची, सीएमसीसँगको ठेक्का सम्झौता ताेडियाे

सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ। मेलम्ची खानेपानी विकास समितिको विहिबार बसेको बोर्ड बैठकले ठेक्का सम्झौता तोड्ने निर्णय गरेको हो।

मेयर शक्तिशाली कि प्रशासकीय अधिकृत ?

मेलम्ची नगरपालिकाका मेयर डम्मर अर्याल लगायतका जनप्रतिनिधिहरू गत पुसको अन्तिम साता आफ्नो नगरपालिकाका प्रशासकीय अधिकृत फेर्न माग राखी संघीय मन्त्रालयमै डेलिगेशन लिएर आए।हालका प्रशासकीय अधिकृत देवीप्रसाद थपलियाबाट नगरपालिकामा काम हुन नसक्ने भन्दै थपलियको ठाउँमा नया प्रशासकिय अधिकृत पठाउन उनीहरूले सामन्य सचिव दिनेश थपलियालाई आग्रह गरे। समान्य सचिव थपलियाले बुझछु मात्र भने, उनको ठाउँमा प्रशाकिय अधिृकत फेरेनन्।

‘सेना लगाएरै भएपनि मेलम्चीलाई अघि बढाउनुपर्‍यो’

सरकारले मेलम्ची खानेपानी उपआयोजना अघि बढाउने विषयमा बृहत् छलफल थालेको छ। सरकारले ठेकेदार कम्पनीलाई नोटिस अफ टर्मिनेसन पठाएसँगै आयोजना अघि बढाउने विषयमा विभिन्न चरणमा छलफल तीव्र पारेको मेलम्ची खानेपानी उपआयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

मेलम्चीको काम अघि बढाउन दातासँग छलफल

सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ। दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिए।

मेलम्ची ठेक्का तोड्न पत्राचार

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु गरेको छ। आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ। मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर अफ टर्मिनेसन’ (एकतर्फी ढंगले ठेक्का तोडेको पत्र) पठाएर काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको हो।

मेलम्चीको ठेक्का सम्झौता रद्द गर्ने तयारी

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

मेलम्ची विवाद : ठेक्का ताेड्दै सरकार

सरकार र मेलम्चीको ठेकेदार कम्पनीको विवाद उत्कर्षमा पुगेसँगै मेलम्ची खानेपानी आयोजना निर्माण अन्योल बनेको छ। ठेकेदार कम्पनी सिएमसी र मेलम्ची खानेपानी बोर्डको विवाद उत्कर्ष छ। जनवरी पहिलो साता इटालीबाट फर्केर काममा फर्किने दाबी गरेको ठेकेदार कम्पनीले सर्तमाथि सर्त तेर्साएर पत्र पठाएसँगै मेलम्ची आयोजना कहिले आउनेमा अन्योल देखिएको हो।

स्वास्थ्य शिविरबाट ६ सय जना लाभान्वित

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८, क्युरेनीमा सञ्चालित स्वास्थ्य शिविरबाट करिब ६ सय बिरामी लाभान्वित भएका छन्।

मेलम्चीकै नियति भाेग्दै काभ्रे उपत्यका खानेपानी

चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको दुई वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यले थालिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण साढे पाँच वर्ष पुग्दासमेत सम्पन्न हुन सकेको छैन। यससँगै आयोजनासमेत महँगो बन्न पुगेको छ।

जलवायु सम्मेलनमा नउठेका सवाल

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडाको राष्ट्रिय जलवायु सम्मेलनको चर्चा चलिरहँदा मेलम्ची नगरपालिका वडा नं. ६ का नेत्रबहादुर थापाले हरेक वर्ष सिँचाइका लागि ५ देखि ७ मिटर कुलोको मुहान सार्नु परेको दुःखेसो पोखे। इन्द्रावती बगरमा क्रसर उद्योग सञ्चालकहरूले मनोमानी रूपमा खोस्रिएकाले आफूहरूले हैरानी बेहोरेको किसानहरूको गुनासो थियो।

मेलम्ची खानेपानी आयोजना : धरौटी जफत गर्न सरकारलाई बाटो खुला

उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुला गरेको छ।

सांसदद्वारा मेलम्चीका पदाधिकारीलाई र्‍याखर्‍याखति

संसदको विकास तथा प्रविधि समितिका सदस्यहरूले मेलम्चीको भाका बारम्बार सार्ने खानेपानीमन्त्री बिना मगर सहित आयोजनाका पदाधिकारीलाई र्‍याखर्‍याखति पारेका छन्। खानेपानी मन्त्रालयको बेवास्ताले उपत्यकावासीको मेलम्ची सपना धकेलिँदै गएको उनीहरूको आरोप छ।

काममा फर्कंदै मेलम्चीका ठेकेदार

एक साताअघि एकतर्फी रूपमा ठेक्का तोडेर बाहिरिन खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सिएमसीले सरकारलार्ई पत्र लेखेर काममा फर्किने प्रतिबद्धता जनाएको छ।

मेलम्ची अघि बढाउने विकल्प

मेलम्ची आयोजनाको ठेकेदार कम्पनीले एकतर्फी ढंगले ठेक्का तोडेसँगै सरकारले नयाँ विकल्पको खोजी गर्नुपर्ने देखिएको छ। सरकार र इटलियन कम्पनी कोअपरेटिभ मुरातोरी सिमेस्ट्री (सिएमसी) बीचको वार्तामा समझदारी हुन नसकेसँगै सरकारले मेलम्ची आयोजनालाई निरन्तरता दिनको लागि नयाँ विकल्पको खोजी गर्नुपर्ने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्