एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य
दसाैँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा दोहोरिन चाहन्छन्, उनी सर्वसम्मत अध्यक्ष बन्न चाहन्छन्, उनको यो चाहना पूरा गर्न पनि तल्लो तहलाई सर्वसम्मत नेतृत्व छान्न निर्देशन भएको हो। उनको चाहना सबै कमिटीमा सर्वसम्मत नेतृत्व छानेर पार्टी एक भएको सन्देश दिनु र स्थानीय चुनावमा पार्टीलाई जिताउनु पनि हो।