११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले पालिका अधिवेशन: सिन्धुलीका दुई स्थानीय तहबाहेक सबैमा सर्वसहम्मत नेतृत्व चयन

सिन्धुलीका दुई स्थानीय तहबाहेक सबै स्थानीय तहमा सर्वसहम्मतरुपमा नेकपा एमालेको पालिका नेतृत्व चयन भएका छन्। दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीमा एक नगरपालिका र एक गाँउपालिका बाहेक सबैमा एमालेको सर्वसहम्मत नेतृत्व चयन भएको छ।

नेकपा एमालेको जिल्लाभर एकसाथ उद्घाटन भएको पालिकास्तरिय अधिवेशनमा हालसम्म कमलामाई नगरपालिकाले नेतृत्व चयन गर्न सकेको छैन भने तयारी नपुगेको भन्दै यहाँको हरिहरपुरगढी गाँउपालिकाले १३ गतेलाई अधिवेशन सारेको नेकपा एमालले जनाएको छ। 

यहाँको सुनकोसी गाँउपालिकामा रोमनराज गिरी, गोलञ्जोर गाँउपालिकामा रेगनराज थापा, फिक्कल गाँउपालिकामा रामप्रसाद भण्डारी, मरिण गाँउपालिकामा श्रीलाल माझी, तीनपाटनमा छत्रबहादुर दाहाल र घ्यालेख गाँउपालिकामा चर्तुमान लो सर्वसहम्म निर्वाचित भएका एमाले पार्टी उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रल्हाद पोखरेलले जानकारी दिए। उनका अनुसार यहाँको दुधौली नगरपालिकामा लक्ष्मण कार्की अध्यक्षमा चयन भएका छन् भने सचिव सहित अन्य केहि पदमा छलफल चलिरहेको छ।

यस्तै कमलामाई नगरपालिकामा भने हालसम्म सर्वसहम्मत हुन सकेको छैन। जिल्लाको सदरमुकाम रहेको माढी बजारस्थित कमलामाई नगरपालिकामा भने नेतृत्वमा निकै प्रतिस्पर्धा भइरहेको र सर्वसहम्मत गराउने प्रयास जारी रहेको प्रचार विभाग प्रमुख पोखरेलले जानकारी दिए।

प्रकाशित: १० कार्तिक २०७८ ०४:३० बुधबार

एमाले पालिका अधिवेशन सबैमा सर्वसहम्मत नेतृत्व चयन