१० मंसिर २०८१ सोमबार
image/svg+xml

वीरगन्जमा खानेपानीको हाहाकार : ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै

खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ। महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो।

खानेपानी कार्यालयमा सेवाग्राहीको गुनासो

लतिपुरको विभिन्न क्षेत्रमा खानेपानी नपुग्दा सेवाग्राही समस्या लिएर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुग्ने गरेका छन्।सेवाग्राहीको सङ्ख्या बढ्दै गए पनि पानीको स्रोत सीमित रहेकाले पानी पुर्‍याउन नसेको खानेपानी कार्यालयले जनाएको छ।

वीरगञ्जमा खानेपानीको हाहाकार

वीरगञ्ज महानगरपालिका–१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको संघर्षपछि बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके।

बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’

बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ। जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

उद्योगलाई प्रदेश सरकार योजना:गाउँमा खानेपानीको हाहाकार

कर्णाली प्रदेश सरकारले निजी उद्योगको नामै किटान गरेर योजना हालेको छ।आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममा सुर्खेतको चौकुनेमा दर्ता रहेको सुर्यतारा सिमेन्ट उद्योगको नाम किटान गरी बजेट विनियोजन गरि योजना हालेको हो।

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल

साकेला गाउँपालिका-३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमुना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

स्थानीय विकासमा साम्पाङ मोडल

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी समस्या समाधान गर्न तीन महिनाअघि जे जस्तो नीति लिए, त्यसको आलोचना गर्नेहरू नै अहिले प्रशंसा गर्न थालेका छन्।

आफ्नै वडामा खानेपानीको हाहाकार हुँदा पनि मेयर बेखबर

मेयर राजेशमान सिंहको घर पनि सोही वडामा छ तर उनी स्थानीयको समस्या बुझ्न एकपटक पनि टाेल पुगेका छैनन्।

धरानमा खानेपानीको चरम अभाव, पानी खुवाउन नसकेको भन्दै मेयर साम्पाङको आलोचना

खानेपानीको एजेण्डा बोकेर निर्वाचित स्वतन्त्र मेयर हर्क साम्पाङले वर्षभरि नै श्रमदानबाट खानेपानीको नयाँ स्रोतहरू थपे पनि अहिले धराने जनता पानी नपाएर काकाकुल भएका छन्।

हलेसीको लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा

वर्षौदेखि खानेपानी अभावमा तड्पिंदै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ।

दूधकोशीको पानी भुम्जुडाँडामा

सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको छ।

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशीको सहयोग

कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित सर्पदंश उपचार केन्द्रलाई विभिन्न उपकरण सहयोग गरेको छ।

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन्।

मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा झर्दैन पानी

राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्