२० आश्विन २०८१ आइतबार
image/svg+xml

स्याङ्जा र तनहुँबासीलाई पाल्पामा छेकबार

स्याङ्जा र तनहुँबाट पाल्पा आएर काम गर्ने कृषक पुलमा लगाइएको छेकबार तथा जिल्ला बन्द घोषणाका कारण मारमा परेका छन् ।

लकडाउनले केरा कृषक मारमा

टीकापुर नगरपालिका–१ का किसान विनोद साह आफ्नो केरा बारी नगएको धेरै दिन भैसक्यो । उनलाई केरा बारीको तहसनहस अवस्थाले जानै मन लाग्दैन । ‘गयो भने झन धेरै पीडा हुन्छ’ उनले भने,‘धेरै दिनदेखि गएको छैन ।’ उनले ५५ विगाहमा केरा खेती गरेका छन् । उनको बारीमा ३० प्रतिशत केरा बिक्रीका लागि तयारी अवस्थामा थियो । त्यहीबेला कोरोना नियन्त्रणका लागि लकडाउन गरियो ।

भैसीको दूध भैसीलाई नै खुवाउन बाध्य

बेनी नगरपालिका–६ बाँसबोट वरदान पशुपन्क्षी फार्मका सञ्चालक दुर्गाप्रसाद पौडेलले लकडाउनमा दूध नबिकेपछि दैनिक ५० लिटर दूध भैसीलाई नै खुवाउँछन्। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासले बेनीबजारमा बसोबास गर्ने गाउँतर्फ लागेपछि पौडेलले १७ वटा भैसीबाट दैनिक २ सय लिटर दूधमा विहान एकपटक मात्रै बजारमा लैजान्छन्।

ज्यामीबाट कृषक बनिन् पिर्था

गएको सोमबार दिउँसो पिर्था राई कीतिपुर, मच्छेगाउँस्थित बारीमा मकै छर्न व्यस्त थिइन्। उनको बारीमा अहिले रायो साग, लसुन, धनियाँ लहराइरहेका छन्।

‘गाउँमा ५० नाघेका कृषक छौँ, बैंकले ऋण पत्याउँदैन’

‘च्याउसरी वित्तिय संस्था छन्, बैंकहरु खुलेका छन् तर ति बैंक हाम्रा लागि होईन रहेछ’ पालुङटार नगरपालिका ९ सेराका रामचन्द्र सेँढाईले भने ‘अहिले गाउँमा खेती गर्ने ५० कटेकाहरु छौँ, हामीलाई नै नपत्याएपछि कसरी कृषि उत्पादन बढ्छ।’ किसानले लगानी बढाउन नसकेको, सहुलियतमा पाउने कृषि ऋण नपाएको र ब्यापार ब्यवसाय गर्नेले सरह ब्याज तिरेर ऋण माग गर्दा उल्टै हेपिएको गुनासो उनको छ।

मुगुका कृषकलाई स्याउ काँटछाँटको चटारो

हिमाली जिल्ला मुगुमा कृषकहरुलाई स्याउका विरुवा काँटछाँट गर्ने चटारो सुरु भएको छ। हिउँदको समयमा स्याउका विरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदमा स्याउका बोट काँटछाँट गर्ने गरेका हुन्।

दूधको गुणस्तर सुधार्न कृषक पाठशाला

काभ्रेपलाञ्चोक जिल्लामै पहिलो पटक दूधको स्वच्छता र गुणस्तर कायम गराउने उद्देश्यले कृषक पाठशाला (डेरी) सुरु भएको छ।

सिँचाइ सुविधा पुगेपछि कृषक हर्षित

सुख्खा क्षेत्रमा सिँचाइको सुविधा पुगेपछि कृषक हर्षित भएका छन्। मानेभञ्ज्याङ्ग गाउँपालिका–१ मोलीको अति सुख्खा क्षेत्रमा सिँचाइ सुविधा पुगेपछी यहाँका स्थानीयहरु हर्षित भएका छन्। अहिले यस भेगका कृषकले गहुँ, आलु लगायत तरकारी बाली लगाउने गरेको स्थानीय दुर्गामाया आलेले बताइन्।

विचौलियाको मारमा कुखुरापालक किसान

कुखुराले मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन्। ठूलो लगानीमा व्यवसायमा चलाएका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन्।

हिमपात हुन थालेपछि कृषक खुसी

छायानाथ रारा नगरपालिका वडा नम्बर ३ कि कृषक सरस्वती कार्की बिहीबार निकै खुसी देखिएकी थिईन। किन भने उनले खेतवारीमा छरेको जौं गहुँ राम्रोसंग उम्रिने र बारीमा हालेका प्लाष्टिक टनेल भित्रको तरकारी सप्रिनेमा उनी खुसी थिईन्।

लाङटाङमा चौरी पाल्ने बढे

जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङमा चौरी पाल्ने कृषक बढ्न थालेका छन्। दूधले राम्रो मूल्य पाउन थालेपछि कृषक बढेका हुन्। कृषकलाई दूध बिक्री गर्न समस्या छैन। यस क्षेत्रमा चीज उत्पादन केन्द्र भएका कारण दूध बिक्रीमा समस्या छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्