२० आश्विन २०८१ आइतबार
image/svg+xml

भारतीय स्याउलाई विस्थापित गरे पनि जुम्ली स्याउले मूल्य नपाउँदा कृषक मर्कामा

गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी ७० रुपैयाँमा स्याउ बिक्री गरे। उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको। यस वर्ष भने प्रतिकेजी ३५–५० रुपैयाँ मूल्य पाउन पनि उनीहरुलाई हम्मेहम्मे भएको छ।

पशु उपचार शिविर सम्पन्न

पशुको स्वास्थ्यसँग कृषकको समृद्धि जोडिएको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले बताएका छन्। मेयर यादवले खेतीसँगै पशुपालन पनि कृषकको अभिन्न अंग भएकाले शिविरले सर्वसाधारण कृषक लाभान्वित हुने बताए।

अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन्। कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषक सामु देखापरेको छ।

जिल्लामै ज्ञान केन्द्रको माग गर्दै कृषक आन्दोलित, हटिया ठप्प

स्थानीय सरकार आए पनि किसानका लागि आफ्नो सेवा दिने कार्यालय नआएकोप्रति किसानहरु निराष छन्। स्थानीय तहपछि सिंहदरबारको अधिकार गाउँ गाउँमा आउने विश्वासमा बसेका किसानहरुलाई यो संघीयताले सुविधाभन्दा पनि सास्ती दिएको किसान डेढराज श्रेष्ठले बताए।

कालिञ्चोकमा इलामे प्रविधिको प्रयोग

असार र साउनको मध्य बर्खामा जिल्लाको कालिञ्चोक गाउँपालिका–१ बेगुम्पाका राजेन थामी अलैंची गोडमेल गर्न व्यस्त छन्।

कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर)का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताए।

चार करोड ६८ लाखको कृषि यन्त्र वितरण

प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७५/७६ मा कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकमार्फत १९ थरीका कृषि यन्त्र वितरण गरेको छ। काभ्रे र सिन्धुपाल्चोकका कृषकलाई २० देखि ८० प्रतिशतसम्म अनुदानमा केन्द्रले यन्त्र–उपकरण उपलब्ध गराएको हो।

प्रविधितर्फ किसान आकर्षित

पाल्पाका कृषक पछिल्लो समय आधुनिक प्रविधितर्फ आकर्षित भएका छन्। एक हल गोरुले दिनभर गर्ने काम पावर टिलर, मिनि टिलर, ट्याक्टरबाट छोटो समयमा सम्पन्न हुने हुँदा यसप्रति कृषकको आकर्षण बढेको हो।

अण्डाको मूल्य बढ्यो, किसानको लागत अझैं पुगेन

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा १० रुपैयाँ पर्दछ।

आगलागीबाट २८ वस्तु मरे

राति करीब १०ः३० बजेको समयमा भण्डारीको भैँसी फार्ममा अचानक आगलागी हुँदा अन्य तीन भैँसी घाइते हुनुका साथै दुई वटा टौवामा रहेको करीब ३०० भारी परालसमेत जलेर नष्ट भएको छ।

कृषक समूहलाई १० थान उपकरण प्रदान

जिल्लास्थित हरिवन नगरपालिका ८ नं वडा कार्यालयले कृषक समूहलाई १० वटा कृषि उपकरण प्रदान गरेका छन्। वडा कार्यालयले १० वटा कृषक समूहलाई धान तथा मकै गोड्न र झार काट्न प्रयोग गरिने आधुनिक कृषि उपकरण प्रदान गरेको हो

कृषकलाई प्रोत्साहन स्वरुप ७ लाख अनुदान

धनकुटामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ तरकारी जोन सिधुवाले यस वर्ष मटरकोसा उत्पादनमा १० प्रतिशत उत्पादकत्व बढाउन सफल कृषकलाई प्रोत्साहन स्वरुप ७ लाख रुपैयाँ अनुदान वितरण गरेको छ।

एउटै गाउँमा ४२ टन मह उत्पादन

राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ। जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्