२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भैँसी दुहुँदै मन्त्री, कृषक दंग

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भैंसी दुहेर कृषकलाई हस्तान्तरण गरेकी छन्। प्रदेश राजधानी वीरेन्द्रनगर–१ का ५० दलित परिवारलाई मन्त्रालयले अनुदानमा दुहुना भैंसी वितरण गरेको हो। ‘दलित समुदायको जीविकोपार्जमा सहयोग पु-याउने उद्देश्यले ५० परिवारलाई दुहुनो भैंसी वितरण गरिएको हो’, मन्त्री केसीले भनिन्, ‘दुधको बजारिकणको व्यवस्था पनि हामीले गरेका छौं।’

माटो परीक्षण गर्दै जन्तेढुंगा गाउँपालिका

खोटाङको जन्तेढुंगा गाउँपालिकामा माटो परीक्षण सुरु गरिएको छ। गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्ती बारे जानकारी लिएर सोही अनुशारको बालीनालीको खेतीका लागि माटोको परीक्षण सुरु गरिएको हो।

रानीपौवामा कृषि मेला सुरु

मेलाले प्रदर्शनी स्थलमा कृषकका उत्पादन आम उपभोक्तासम्म पु-याउने, कृषि औजार तथा कृषि यान्त्रिकीकरणको माध्यममार्फत समुन्नत कृषिग्राम निर्माणमा सहयोग पु-याउने अपेक्षा गरिएको छ।

कुखुरापालनमा असफलता किन ?

प्रायः यस्तो देखिने गरेको छ किजुन तीव्र गतिमा कुखुरापालन फार्महरू स्थापना हुने गर्छन् त्यही गतिमा बन्द पनि हुँदै आएका छन्।यसै कारणले गर्दा कुखुरापालनमा सरकारी नीति एव देशको आवश्यकताअनुसार पूर्णरूपले अपेक्षाकृत विकास हुन सकेको छैन। सामान्यतया कुखुरापालन व्यवसाय बिस्तार सम्बन्धमा सामान्य किसानसँग सल्लाह गर्दा प्रायःजसो कुखुरापालनत धनीमानीले गर्ने व्यवसाय हो, हामी सामान्य गाउँले कृषकलाई यसको के काम? हामी यसमा सफल हुन सक्तैनौँ भन्ने गरेका पाइन्छ। तथापि वास्तविकता यसभन्दा अर्कै छ।अर्थात कुखुरापालन व्यवसाय असफल हुनुका अरु पनि धेरै कारण छन्। यी कारणलाई सजिलै समाधान गर्न सकिन्छ अनि ग्रामीण कृषकले यो पेशा अंंगालेर आफ्नो तथा देशको अर्थव्यवस्थालाई एउटा सुदृढ आधार दिन सक्छन्। कुखुरापालन व्यवसाय असफल हुनुका मुख्य कारण निम्नलिखित छन् :।

कृषकको अनुदान काटेर मन्त्रालयलाई गाडी

कर्णाली प्रदेश सरकारले विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरी गाडी खरिद गर्न लागेको छ।

कृषकलाई अनुदानमा भैंसी दिएपछि मन्त्रीले भनिन्, ‘दुरुपयोग नगर्नुहोला’

कर्णाली प्रदेश सरकारले सुर्खेतको बराहताल गाउँपालिका–१० ओदालतालका कृषकलाई भैंसी वितरण गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनज्योति कृषि तथा पशुपालन सहकारी संस्थाका ४० जना कृषकलाई एक–एक वटा भैंसी वितरण गरेको हो।

निस्दीका कृषकले सामूहिक सूर्यमुखी खेती गर्दै

पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ। निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन्। निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर सुनारीले बताए।

तरकारी बोकेरै बजार पुर्‍याउँछन् किसान

साँखुस्थित खुलालटारका रमिला राई गत आइतबार जोरपाटी, नारायणटारमा तरकारी बेच्न ल्याउनको लागि तीन प्लास्टिक तरकारी लिएर बसमा चढ्नको लागि उनकै तरकारी बारी अगाडि गएर रोडमा बस कुरिन। आधा घण्टासम्म कुर्दा बल्ल साँखुको एउटा बस आयो।

कृषकलाई मौरी घार वितरण

रसुवाको नौकुण्ड गाउँपालिकाका कृषकलाई मौरीको घार वितरण गरिएको छ। गाउँपालिकामा महको उत्पादन बढाउन गाउँपालिकाको कृषि शाखाले कृषकलाई मौरीको घार वितरण गरेको हो।

किसानलाई किवी खेती तालिम

पूर्वी नेपालको आठ जिल्लाका अगुवा कृषक सहभागी चारदिने व्यावसायिक किवी खेती तालिम सकिएको छ। कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र झुम्काको आयोजना तथा बागवानी केन्द्र फाप्लुको प्राविधिक सहयोगमा तालिम किसानलाई तालिम दिइएको हो।

कुखुरा मरेपछि कृषक चिन्तित

प्रदेश ३ को राजधानी हेटौंडा उपमहानगरपालिकामा कुखुरा मर्न थालेपछि कृषक चिन्तित भएका छन्। हेटौंडाको वडा नम्बर ७, ८ र ११ मा अण्डा र मासुका लागि पालिएका करिब १५ हजार कुखुरा एक सातामै मरेका छन्।

कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले कृषकको आर्थिक अवस्था सुधार्न कृषि उत्पादनलाई विश्व बजारसँग प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ११औं वार्षिक साधारण सभाका अवसरमा बिहीबार मन्त्री खतिवडाले यस्तो धारणा राखेका हुन्।

फलफूलका बिरुवा वितरण

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको कृषि शाखाले कृषकलाई फलफूलको बिरुवा वितरण गरेको छ। गाउँपालिकालाई फलफूल खेतीमा आत्मनिर्भर बनाउनका लागि बिरुवा वितरण गरिएको हो।

महाकुलुङमा कृषि मेला

पछिल्लो समय कृषकलाई व्यवसायिकतातर्फ उन्मुख गराउनका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट कृषि मेलाको आयोजना गर्ने र उत्पादनको आधारमा पुरस्कृत गर्ने क्रम बढ्दै गएको छ। यहि संस्कारलाई पछ्याउँदै महाकुलुङ गाउँपालिकाले पनि गत शुक्रबार पेल्माङमा कृषि मेला आयोजना गरेको थियो।

डुब्दै अलैंची किसान

अलैंचीको मूल्य बढेर प्रतिमन एक लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिए। झन्डै सात लाख रुपैयाँ लगानी थपेर उनले अलैंची खेती विस्तार पनि गरे। साहुबाट महंगो ब्याज दरमा ऋण लिएका सार्कीले ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै खर्चिए। बाँकी रकमले बिरुवा किनेर धान उत्पादन हुने खेतमा अलैंची लगाउनुभयो तर, सोचे जस्तो भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्