२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हिमपातले सेताम्य हुम्ला, कृषक हर्षित

हुम्लामा हिमपात हुँदा जिल्लाका उत्तरी क्षेत्रहरू सेताम्य भएका छन्। शनिबारबाट परेको हिमपातले हुम्लाको जनजिवन कष्टकर बनाएको छ। प्राय हुम्लाका सबै बस्ती हिउँले सेताम्य भएका छन्। केही साता अघिसम्म सुख्खा देखिने डाँडाकाडा हिउँले भरिभराउ भएपछि सेतो घुम्टोमा बेहुलीझै सिगारिएको छ हुम्ला।

हिउँले सेताम्य कर्णाली : कृषक उत्साहित, हवाई उडान अवरुद्ध

कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लामा भारी हिमपात भएको छ। एक सातादेखिको बदलीसँगै आइतबार रातीदेखि हिमपात सुरु भएपछि कर्णालीका बस्ती र डाँडा हिँउले सेताम्य भएका छन्। बर्षातसँगै भारी हिमपात भएपछि कर्णालीको जनजीवन समेत कष्टकर बनेको छ। केही साता अघिसम्म सुख्खा देखिने डाडाँहरु हिँउले भरिभराउ भएपछि कर्णाली हिउँको सेतो घुम्टोमा बेहुलीझैं सिँगारिएको हो।

कृषिलाई उच्च प्राथमिकता दिन माग

कृषि र कृषकलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने माग गर्दै राष्ट्रिय कृषक समूह महासंघ नेपालको चौथो राष्ट्रिय परिषद भएको छ। हेटौंडामा मंगलबार भएको कार्यक्रममा ५३ जिल्लाका एकसय जना किसान प्रतिनिधिको सहभागिता रहेको थियो।

कृषकलाई स्याउ पोस्ट हार्भेस्ट तालिम

सोलुखुम्बुका कृषक तथा प्राविधिकलाई स्याउ बालीमा पोस्ट हार्भेस्ट व्यवस्थापन तालिम दिइएको छ। बागवानी अनुसन्धान महाशाखा खुमलटारको आयोजनामा फाप्लुमा उक्त तालिम प्रदान गरिएको हो। तालिममा जिल्लामा स्याउ खेतीमा संलग्न कृषक तथा विभिन्न क्षेत्रमा परिचालित कृषक सहभागी थिए।

कृषकलाई व्यवसायिक बनाउँदै ग्रामीण सडक

सिन्धुलीको साविक तिनकन्या गाविसका मोहनबहादुर पुर्वछाने पाँच वर्ष अगाडिसम्म जुनारलाई व्यवसायीक खेतीका रुपमा लिदैन थिए। त्यसको कारण थियो गाउँमा सडक नपुग्दा मूल्य नपाउँनु। तर, जब ग्रामीण सडक तिनकन्या पुग्यो जुनारको भाउ पनि एक्कासी आकाशियो।

मुल्य घटाउनु परे अण्डा नष्ट गरिने

अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक संघले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ। भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको संघद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ।

एउटै वडाबाट १० लाखको बन्दा निर्यात

तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट १० लाख बढीको बन्दा निकासी भएको छ।

गाईको दुध बेचेर सन्तुष्ठ छु

कागेश्वरी मनोहरा–६ का भोजराज लामिछानेले राजधानीका सहरमा मोटरसाइकलमा दुध राखेर पु-याउन थालेको एक दशकभन्दा बढी भइसक्यो ।

काभ्रेको पुष्पखेतीमा लगानी गर्न आह्वान

काभ्रेका स्थानीय तहहरुले पुष्पखेतीमा लगानी गर्नका लागि कृषकहरुलाई आग्रह गरेका छन्। पाँचखाल र पनौती नगरपालिकाले औपचारिक रुपमै पहिलो पटक यसरी आह्वान गरेका हुन्।

विषादी प्रयोगशाला स्थापना हुँदै

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्नका लागि सरकारले मुख्य नाकाहरुमा विषादी प्रयोगशाला स्थापना गर्ने तयारी थालेको छ। प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी प्रयोगशाला स्थापना गर्न लागेको हो। यसका लागि प्रदेश सरकारले एक करोड ५० लाख रुपियाँ छुट्याएको छ।

उद्योग संचालनमा नआउँदा स्याउ कृषक मर्कामा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वार्ड ४ रंगमा स्थापना भएको फ्रुट प्रोसेसीङ जुस उद्योग संचालनमा नआउँदा डोल्पाली स्याउ कृषक मर्कामा परेका छन्।

बोटमै सिमी कुहिन थालेपछि किसान चिन्तित

लगातारको वर्षातका कारण घरमा भित्र्याउने समयमा बोटमै सिमी र मकै कुहिन थालेपछि डोल्पाका कृषक चिन्तित बनेका छन।

कृषकलाई ३७ लाख बढी अनुदान

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले अंगुर र स्याउका बिरुवा लगाएवापत कृषकलाई ३७ लाख ८५ हजार ६ सय अनुदान उपलब्ध गराएको छ।

बिचौलियाका कारण ठगिदै कृषक

‘हामीले ८ रुपैयाँ प्रतिकिलो टमाटर बेच्दा छेउको लिवाङ बजारमा ४० रुपैयाँ किलो बेचिदै थियो। मेहनत गर्ने हामीले मुल्य पाउँदैनौ तर बिचौलियाले ५ गुणा बढि मूल्यमा हाम्रो उत्पादन उपभोक्तालाई बेचिरहेका छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्