२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रसुवाका कृषक आधुनिक प्रविधितर्फ आकर्षित

रसुवाका कृषक आधुनिक प्रविधितर्फ आकर्षित भएका छन्। परम्परागत कृषि प्रणालीका कारण उत्पादन कम हुने र पढ्नेले खेती गर्न हुँदैन भन्ने मान्यता हटाउन आधुनिक प्रविधि प्रयोगतर्फ कृषक आकर्षित भएका हुन्।

रसुवाका कृषकलाई हाते ट्याक्टर वितरण

रसुवाको उत्तरगया गाउँपालिकाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ। खेतीपाती लगाउने समय सुरु भएसँगै कृषि विकास शाखाले कृषकलाई ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो। गाउँपालिकाको कृषि सहकारी र कृषक समुहमा आवद्ध १२ जना कृषकलाई सामग्री वितरण गरिएको शाखाले जनाएको छ।

अरू सबै हुनू, कृषक नहुनू!

राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान निरन्तर घट्दैछ र कृषि क्षेत्रको वृद्धिदरसमेत ह्रासोन्मुख छ। तथापि कृषिले नै अर्थतन्त्र धानेको र अर्थतन्त्रको वृद्धिदर पनि कृषिमै टिकेको विश्लेषण भने हुन छोडेको छैन। कृषिबाटै आर्थिक समृद्धि सम्भव छ भनेर पनि भन्न छोडिएको छैन। हालै सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रममा पनि कृषिलाई आर्थिक वृद्धिको मुख्य संवाहकका रूपमा उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा कृषि उत्पादकत्व वृद्धि गरी पाँच वर्षमा कृषिको उत्पादन दोब्बर बनाउन कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरिने पनि उल्लेख गरिएको छ।

रोपाईको तयारीमा कृषकहरू

अछामको साँफेबगरमा यस वर्ष पनि विगतका वर्षहरू झैँ जेठको सुरुवात देखि नै धान रोपाईको तयारी अन्तिम चरणमा रहेको छ।

अलैँची कृषकलाई विद्युतीय भट्टी

लमजुङका अलैँची कृषकले विद्युतीय अलैँची भट्टी पाएका छन्। अलैँची व्यवसायी महासंघको पहलमा अत्याधुनिक प्रविधिसहितको पाँचवटा विद्युतीय अलैँची भट्टी ल्याइएको हो।

मौरीपालनका लागि कृषकलाई अनुदानमा घार

रसुवाको नौकुण्ड गाउँपालिकाले कृषकलाई मौरीको घार वितरण गरेको छ। कृषकको आयआर्जन बढाउन गाउँपालिकाका २० जनालाई २४ वटा मौरीसहित र ६ वटा खाली घार वितरण गरिएको हो।

सूर्यमुखीफूलको खेतीमा कृषकको आकर्षण बढ्दो

पाल्पा बगनासकाली गाउँपालिकाका कृषक यतिखेर सूर्यमुखीफूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। सिँचाइका लागि पानी कम लाग्ने र बाँझिएका जमिनमा सूर्यमुखीफूल लगाएर राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका कृषकमा यसको खेतीप्रति आकर्षण बढ्दो छ। सूर्यमुखीफूलको खेतीभित्र पनि अन्य विभिन्न बालीको उत्पादन लिन सकिने हुँदा कृषकले यसको व्यावसायिक रुपमा खेती गर्न थालेका हुन्।

सोलुखुम्बुका २८ कृषक पुरस्कृत

कृषि तथा पोषण मेला प्रदर्शनीमा सोलुखुम्बुका २८ जना कृषक पुरस्कृत भएका छन् । थुलुङ–दूधकोसी गाउँपालिका वडा नम्बर १ नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनीमा सात विधामा २८ जना कृषक पुरस्कृत भएका हुन्।

कृषि मेलामा २८ कृषक पुरस्कृत

कृषि तथा पोषण मेला प्रदर्शनीमा सोलुखुम्बुका २८ जना कृषक पुरस्कृत भएका छन्। थुलुङ–दुधकोसी गाउँपालीका वडा नम्बर १ नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनी प्रदर्शनीमा ७ विधामा २८ जना कृषक पुरस्कृत भएका हुन्।

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ।

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

आइतबार रातीबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।

हुम्लामा दोस्रो पटक हिमपात: कृषक खुशी, यातायात अबरुद्द (फोटो फिचर)

हुम्लामा मंगलबार बिहानबाट हिमपात भएको छ । हिमपात जनजीवन प्रभावित भएको छ। हिमपात हुँदा किसान हर्षित भएका छन् ।हुम्लामा यो दोसोपटक हिमपात भएको हो ।

कृषि प्रधान तर कृषक प्रदान

मुलुकमा केही वर्षयता समृद्धिको बहस चलिरहेको छ । हालै सम्पन्न आम चुनावमा समेत स्थिरता र समृद्धिको जनचाहना मुखरित भएको प्रस्टै छ । समृद्धिको कुरा गर्दा हाम्रो देशमा प्रायः राजनैतिक नेतृत्व एवं प्राज्ञिक समुदायबाट समेत कृषि क्षेत्रमा विशेष जोड दिने गरेको पाइन्छ । कृषिलाई देशको सर्वांगीण विकासमा योगदान गर्न सक्ने सम्भावनायुक्त क्षेत्रका रूपमा पहिचान भएको पनि ६० वर्षभन्दा बढी भएको छ । देशको पहिलो पञ्चवर्षीय योजनादेखि आजसम्म निरन्तर रूपमा मुलुकको समग्र विकासका लागि कृषि क्षेत्रको तीव्रतर वृद्धि अपरिहार्य भएको कुरा किटान हुँदै आएको छ । तर यतिका वर्ष यी सम्भावनालाई वास्तविक लाभमा परिणत गर्न हामीले के ग¥यौँ ? दशकौँदेखि बनेका योजना संस्थागत संरचना र लगानीको प्रतिफल किन निराशाजनक भए ?

सिँचाइ सुविधा पुगेपछि कृषकलाई राहत

वर्षौंदेखि बाँझिएका जमिनमा सिँचाइ सुविधा पुगेपछि रामपुर नगरपालिका–१० हेक्लाङ क्षेत्रका १२८ घरधुरी लाभान्वित भएका छन्।

कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो

जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा व्यावसायिक गाईपालन गर्दै आएका दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदीको वीभत्स हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो 'सिआइबी'ले अनुसन्धान थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्