२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अदुवा मर्न थालेपछि कृषक चिन्तित

मुख्य नगदेबालीको रूपमा रहेको अदुवामा रोग लाग्न थालेपछि इलामका कृषक चिन्तित बनेका छन्।  अदुवाको माउ झिकिसकेपछि गानो कुहिने र पहेँलिदै मर्न थालेपछि कृषक चिन्तित बनेका हुन्।

सडक सुचारु नहुँदा स्याउ कृषक चिन्तामा

लामो वर्षाका कारण गमगढी  नाग्म सडक खण्ड ठाउँ ठाउँ भत्किए पछि जिल्लामा उत्पादन भएको स्याउ कुहिनेमा स्थानीय कृषक चिन्तामा परेका छन्।

बाढीपीडित कृषकका लागि एक अर्ब २५ करोडको राहत प्याकेज

कृषि विकास मन्त्रालयले तराईका बाढीपीडित कृषकका लागि राहत प्याकेज घोषणा गरेको छ।  मन्त्रालयले बाढी प्रभावित ३० जिल्लामा तत्काल एक अर्ब २५ करोड पाँच लाख ६० हजार रुपैयाँको राहत कार्यक्रम लैजाने जानकारी दिएको छ। तर यो कार्यक्रम कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको स्वीकृति आवश्यक हुन्छ।

भारतमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या

भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन्।

कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

लमजुङका व्यावसायिक अलैँची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन्। अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलँैची सुकाउने भट्टी उपलब्ध गराएको हो।

मल अभावले कृषक आक्रान्त

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग रासायनिक मल मौज्दात नहुँदा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका किसानले सास्ती खेप्नु परेको छ।

अनुदानको आधुनिक धान बीउ कृषक समक्ष पुर्याइँदै

कृषिलाई आधुनिकीकरण गर्दै लैजान रौतहटमा आधुनिक धानको बीउ ल्याइएको छ । जिल्ला कृषि सामग्री आपूर्ति समिति रौतहटको सिफारिसमा विभिन्न सहकारी तथा डिलर मार्फत जिल्लामा ८० मेट्रिक टन आधुनिक धानको बीउ अनुदानमार्फत ल्याइएको छ ।

सूर्यमुखी खेतीमा आकर्षित हुँदै कृषक

वगनाशकाली गाउँपालिका–१, चिर्तुङ्गधारा ठूलाचौरका किसानले वैकल्पिक खेतीका रुपमा सूर्यमुखी फूलको खेती गर्न थालेका छन् । उनीहरूले १० रोपनी जग्गामा सूर्यमुखी फूललाई तेल उत्पादनकालागि वैकल्पिक बालीका रुपमा प्रयोग गरेका हुन् ।

मौरी पालनमा कृषकहरूको मोह बढ्दै

जिल्लाको गुल्मी दरबार गाउँपालिका बलिथुमका पदम बहादुर रानाले ७ वर्ष पहिलेदेखि मौरी पालन गर्दै आइरहेका छन् । १२ वर्ष अगाडि व्यवसायिक मौरी पालनको तालिम लिएका उनलाई मौरी पालनवाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन ।

मालगाउँ–लोप्रे सडक खुल्यो, कृषक हर्षित

जलजला गाउँपालिकाअन्र्तगत माझफाँट बगरदेखि बासखर्क हुँदै लेखफाँटको लोप्रेसम्मको सडक सञ्चालनमा आएको छ । तरकारी, फलफुल, दुध उत्पादन गरी बिक्री वितरणका लागि महत्वपूर्ण मानिएको यो सडक नाका खुलेपछि त्यसक्षेत्रका कृषक हर्षित भएका छन् ।

कृषकलाई रु दुई करोडको सामग्री वितरण

दोलखा जिल्लाका कृषकलाई ग्रामीण विकास टुकी सङ्घ दोलखा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) दोलखाले रु दुई करोड ८ लाख ७८ हजार ४९८ बराबरको सामग्री प्रदान गरेको जनाएको छ ।

व्यवसायिक माछापालनमा आकर्षित हुँदै कृषक

परम्परागत खेतीभन्दा करिब ३ गुणा बढी र नगद मैं आम्दनी हुने स्रोतको रुपमा माछापालन भरपर्दो देखिएपछि पर्साका किसानहरू व्यवसायिक माछापालनमा आकर्षित भएका छन् । खेतको जग्गामा पोखरी खनेर माछापालन गर्ने किसानहरुको संख्या यहाँ बढ्दो छ ।

हिमपात नहुँदा स्याउ नर्सरी कृषक मर्कामा

'मेरो नर्सरीमा ६ हजार पाँच सय स्याउका विरुवा छन। तर कृषि विकास कार्यालयले हिउँ नपरेको र विरुवा लगाउन नसकिने भन्दै खरिद नगरे पछि कार्यालयकै मुल्य अनुसार २ लाख ६० हजार रुपैयाँ बराबरको विरुवा खेर जाने भयो', कार्कीवाडा गाविस वडा नम्बर ६ का स्याउ नर्शरी कृषक सक्क बुढाले चिन्ता व्यक्त गरे।

६ कृषक सम्मानित

जिल्ला कृषि विकास कार्यालय रामेछापले जिल्लामा कुटो कोदालो खेलाउँदै अगुवा कृषि उद्यमी बनेका ६ जनालाई शुक्रबार राष्ट्रपति उत्कृष्ट कृषकको पुरस्कारले सम्मान गरेको छ।

घरमा बाँदर पस्न थालेपछि कृषक समस्यामा

दुःख गरेर लगाएको बाली बाँदरले खाइदिन थालेपछि खाद्यान्न समस्या झेल्दै आएका कास्कीका कृषक पछिल्ला दिन घरभित्रै बाँदर पस्न थालेपछि थप समस्यामा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्