१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कृषकका घरगोठमा कर्मचारी र व्यवसायी

सदरमुकाम बेसीसहरमा भइरहेको पाँचौँ लमजुङ महोत्सवको अवसरमा सरकारी कर्मचारी र व्यवसायी कृषकको घर–गोठमा पुगेका छन्। महोत्सव आयोजक लमजुङ उद्योग वाणिज्य संघले कृषकको अवस्था बुझ्न जिल्ला पशु सेवा र जिल्ला कृषि विकास कार्यालय प्रमुखहरू, प्राविधिक कर्मचारीसँगै उद्योगी, व्यवसायीलाई विकट गाउँका कृषि फर्ममा पुर्‍याएको हो।

पाउलोनिया हुर्काउँदै कृषक

गोरखा सुसारे गाउँकी लिला थापा मगरको पिँडालु र बदाम फल्ने बारीको डिलमा अहिले पाउलोनिया हुर्कंदै छ। नियमित खेतीसँगै नयाँ बिरुवा हुर्कंदै जाँदा भविष्यमा आम्दानीको स्रोत बन्ला भन्ने आस छ उनलाई।

सरकारले तोकेको धान मूल्य कम : कृषक

सरकारले आइतबार तोकेको धानको न्यूनतम बिक्री मूल्यप्रति बाँकेका किसानले असहमति जनाएका छन्। उनीहरुले यसलाई अवैज्ञानिक भनेका छन्। कृषि विकास मन्त्रालयले मोटो धान प्रतिक्विन्टल न्यूनतम २हजार ७० र मध्यम खालको धानको प्रतिक्विन्टल२हजार २ सय ३० रुपैयाँ तोकेको छ।

खोकनाका कृषकलाई धान भित्र्याउन चटाराे [फाेटाे फिचर]

तिहार आउनै लाग्दा ललितपुरको खोकनाका कृषकलाई भने धान भित्र्याउन भ्याइ नभ्याइ छ। बिहानको सूर्योदयदेखि सूयार्स्तसम्म खेतमै धान काट्ने र चुट्नेलगायतको काममै व्यस्त देखिन्छन्। असारमा रोपेको धान कात्तिक लगेसँगै कृषकलाई भित्र्याउन चटारो भएको हो। यो वर्ष समयमा मनसुन अाएकाले धान उत्पादन बढ्ने कृषकहरू बताउँछन्।

कृषकद्वारा भन्सार कार्यालयको गेटमै विरोध

कञ्चनपुर- कञ्चनपुर र कैलाली जिल्लाका केरा उत्पादक कृषकले गड्डा चौकी भन्सार कार्यालयको गेटमै केरा तेस्र्याएर आज विरोध जनाएका छन्।

कृषकसँग सबै राजनीतिक दलले माफी माग्नु पर्छः कृषि मन्त्री गजुरेल

काठमाडाैं– कृषि विकासमन्त्री हरिबोल गजुरेलले राजनीतिक परिवर्तनसँगै कृषिले प्राथमिकता नपाएकामा कृषकसामु सबै राजनीतिक दलले माफी माग्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्