३ कार्तिक २०८१ शनिबार
image/svg+xml

‘असंवैधानिक कदम नसच्याएसम्म विरोध’

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन गरेको छ।

कांग्रेसले संसद पुनःस्थापना भन्दा निर्वाचनमा जोड दिनुपर्छ : नेता महत

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा विघटन असंवैधानिक भएपनि अब निर्वाचनको तयारी गर्नुपर्ने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता महतले निर्वाचनका लागि दबाब दिनुपर्ने बताएका हुन्।

दोलखामा मसाल जुलुससहित कांग्रेसको प्रदर्शन

नेपाली कांगे्रसले दोलखाको सदरमुकाम चरिकोटमा मसाल जुलुससहितको प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनविरूद्ध देशैभर प्रदर्शन गरिरहेको कांग्रेसले दोलखामा मसाल जुलुुससहित प्रदर्शन गरेको हो।

प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै

प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले आज त्यसको विरोधमा देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो।

जसपाले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशका विभिन्न स्थानमा प्रदर्शन गर्दैछ। केपी शर्मा ओलीले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै त्यसको विरोधमा जसपाले देशैभरका जिल्ला सदरमुकामसहित विभिन्न स्थानमा प्रदर्शन गर्न लागेको हो।

निर्वाचन आयोगले थाल्यो नेकपा विवाद निरूपण

निर्वाचन आयोगले व्यवस्थापिका संसद्को प्रतिनिधिसभा विघटनलाई लिएर फुटको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद निरूपणको प्रक्रिया सुरु भएको छ।

प्रधानन्यायाधीशले सोधेः बहुमत प्राप्त दलले सरकार चलाउँदिन भन्दा विकल्प के ?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै सरकारसँग विघटन गर्नुको कारण मागेको हो।

प्रतिनिधिसभा विघटनको विरोध गर्दै माइतीघरमा बसे प्रचण्ड-नेपाल

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले आजदेखि चरणवद्ध आन्दोलन सुरु गरेको छ। आन्दोलनको पहिलो दिन आज उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन्।

ओली कदमविरुद्ध नेकपा प्रचण्ड-नेपाल पक्षद्वारा चरणबद्ध आन्दोलन घोषणा

बिहीबार बबरमहलमा बसेको बैठकले ‘काठमाडौंलगायत सहरहरूमा प्रतिगमनविरूद्ध दैनिक आन्दोलन गर्ने’ लगायत विराेधका कार्यक्रम तय गरेकाे हाे।

बेमौसमी निर्वाचनः अर्थतन्त्र थप धराशायी हुने संकेत

आर्थिक वर्ष साउनमै लागे पनि विकास निर्माणका काम तिहारपछि मात्र सुरु गर्ने हाम्रो परम्परा छ । अधिकांश मन्त्रालयहरूले आर्थिक वर्षको मध्यबिन्दु पुसभित्र बोलपत्रका सबै प्रक्रिया सकाएर त्यसपछिका दिनमा निर्माणको काम सुरु गर्छन् । तर यो वर्ष काम गर्ने समयमा निर्वाचन गराउनुपर्ने भएकाले सबै सरकारी कर्मचारीको ध्यान चुनावमा जानेछ । यही कारण पुँजीगत बजेटको खर्च बढ्न सक्ने देखिँदैन । बजेट खर्च नहुनु भनेको अर्थतन्त्र थप खुम्चिनु हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशब्यापी प्रदर्शन गर्ने

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशब्यापी प्रदर्शन गर्ने भएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।

अनिश्चित ‘स्थायी राजधानी’ कार्यान्वयन

प्रदेशको हिउँदे वा बर्खे अधिवेशन स्थायी राधजानीमा सञ्चालन गर्ने गरि थालिएको तयारी भने प्रतिनिधिसभा बिघटनले परिणामबिहिन बनाईदिएको छ नै , नेकपामा देखिएको सम्भावित पार्टी बिभाजनले त प्रदेश सरकारको उपस्थिती माथिनै आशंका बढाईदिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्