१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ताप्लेजुङमा भेटिए ३९ नयाँ क्षयरोगी, सबैभन्दा बढी फुङलिङमा

ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन्। चालु आर्थिक वर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन्।

चिराइतो मुल्य बढ्दो, उत्पादन घढ्दो

किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्न समेत छोडेर अन्य पेसा अँगाल्न पुगेका छन्।

ताप्लेजुङमा आगलागीः २ घर नष्ट, झन्डै २४ लाख रुपैयाँको क्षति

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवामा दुईवटा घरमा आगलागी हुँदा साढे २३ लाखभन्दा बढीको क्षति भएको छ।

घर जग्गामा क्षति पुग्नेगरी सडक बिस्तार नगर्न फुङलिङ नगरपालिकालाई सर्वाेच्चको अन्तरिम आदेश

सर्वाेच्च अदालतले निबेदकहरुको घर जग्गामा क्षति पुग्नेगरी सडक बिस्तार लगायतका कुनै पनि कार्य नगर्न-गराउन फुङलिङ नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ।

फुङलिङ नगरपालिकाले भत्काउन थाल्यो मेची राजमार्गको भित्रको संरचना

चौथो पटक सम्मको म्यादमा पनि मेची राजमार्गको सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रका नहटाएका संरचना मंगलवारबाट फुङलिङ नगरपालिकाकाले आफैं भत्काउन थालेको छ।

फुङलिङ नगरप्रमुख मादेनद्वारा मरणोपरान्त अंग दानको घोषणा

ताप्लेजुङमा निर्माणाधीन सानिमा मध्य तमोर जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी शुक्रवारबाट सुरु गरेको दुई दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविरका क्रममा फुङलिङ आएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समक्ष मादेनले मरणोपरान्त अंग दानको घोषणा गरेका हुन्।

अब फुङलिङका होटलमा क्याबिन राख्न नपाइने,भएका क्याबिन पनि हटाउनुपर्ने

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सुरक्षा निकायका प्रमुख र होटल व्यवसायीका प्रतिनिधि सहितको सरोकारवारवालाको बैठकले अब क्याबिन नराख्ने र भएका क्याबिनलाई तत्काल हटाउने निर्णय गरेको छ।

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो।

पाथिभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी

‘फुङलिङ नगरपालिकाको यो निर्णयकाविरुद्ध हामी जस्तोसुकै कदम उठाउन पनि तयार छौं’ कङ्लिवाले भने ‘यसबाट उत्पन्न हुने असहज परिस्थतिको जिम्मेवार नगरसरकार हुनुपर्छ।’

फुङलिङमा बाल शिक्षक र कार्यालय सहयोगीको तलब घट्ने

फुङलिङ नगरपालिकामा ५४ जना बाल शिक्षक,४९ जना कार्यालय सहयोगी र ८ जना बिद्यालय कर्मचारी रहेको फुङलिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेलले जानकारी दिए।

फुङलिङ नगरपालिकाद्वारा साढे ६६ करोड बढीको बजेट

एकाध बाहेक अधिकांश पुरानै नीति र कार्यक्रलाई निरन्तरता दिँदै ताप्लेजुङको फुङलिङ नगरपालिकाले साढे ६६ करोड बढीका बजेट ल्याएको छ।

याङवरक गाउँपालिकाले दुई दिन बिदा नमान्ने

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले साताको दुई दिन क्रमशः शनिबार र आइतबार बिदा हुने संघीय सरकारको निर्णय नमान्ने भएको छ।

फुङलिङ नगरपालिकाका विद्यालयमा साताको दुई दिन बिदा लागु नहुने

ताप्लेजुङको फुङलिङ नगरपालिकाले पालिकाभरीका विद्यालयमा आइतबारको बिदा लागु नगर्ने निर्णय गरेको छ।

जंगली जन्तुले गोठमा बाँधिएका भेडाबाख्रा खाइदिन थाल्यो

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलामा जंगली जन्तुले स्थानीयका गोठमा रहेका भेडाबाख्रा खाएर हैरानी पार्न थालेको छ।

ताप्लेजुङमा एमालेको गढ गठबन्धले भत्कायो भने कांग्रेसको एमालेले

स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा एमाले र कांग्रेसका गढहरु एक अर्काले भत्काउँदा माओवादी केन्द्रले आफ्नो प्रभाव बलियो बनाएको छ। एमालेका बलिया गढहरु गठबन्धनले भत्काउँदा कांग्रेसको गढमा भने एमाले उदाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्