२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

याङवरक गाउँपालिकाले दुई दिन बिदा नमान्ने

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले साताको दुई दिन क्रमशः शनिबार र आइतबार बिदा हुने संघीय सरकारको निर्णय नमान्ने भएको छ। कार्यपालिकाको बैठकले आइतबारदेखि शुक्रबारसम्म नियमित रुपमा पालिका भित्रका सम्पूर्ण सार्वजनिक निकाय सञ्चालन हुने निर्णय गरेको हो।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले सार्वजनिक बिदाका दिनदेखि बाहेक पालिका भित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था सहितका सबै सार्वजनिक निकाय साविक झैं आइतबारदेखि शुक्रबारसम्म नियमित रुपमा सञ्चालन हुने कार्यपालिकाको निर्णय रहेको जनाएका छन्।

यसअघि फुङलिङ नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका शिक्षण संस्था मात्र आइतबार पनि सञ्चालन हुने र अन्य निकायमा भने बिदा लागु हुने आशयको सूचना प्रकाशित गरेपछि सामाजिक सञ्जालमा त्यसको अर्को आलोचना भइरहेको छ।

सार्वजनिक बिदा बाहेक आइतबारको बिदा लागु नहुने निर्णय नगर क्षेत्रका सबै सार्वजनिक निकायमा लागु हुुनुपर्ने, अन्यथा यसले बिदामा विभेद हुने भन्दै आइतबार शिक्षण संस्थामात्र सञ्चालन हुने नगरपालिकाको निर्णयविरुद्ध सामाजिक सञ्जालमा प्रतिक्रयाहरु आइरहेका छन्।

गत जेठ १ गतेदेखि सरकारले सार्वजनिक निकायहरुमा परीक्षणका रुपमा साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरी गत वैशाख २६ गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो।

प्रकाशित: २१ जेष्ठ २०७९ ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App