coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जंगली जन्तुले गोठमा बाँधिएका भेडाबाख्रा खाइदिन थाल्यो

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलामा जंगली जन्तुले स्थानीयका गोठमा रहेका भेडाबाख्रा खाएर हैरानी पार्न थालेको छ।

स्थानीय हर्कजंग भट्टराईका अनुसार लामो प्रकृतिको जीउमा थोल्ला थोप्ला भएको खुट्टा पनि लामो भएको बाघ जस्तो देखिने जन्तुले धमाधम गोठमा पालिएका भेडाबाख्रा खाइदिन थालेको छ।

भट्टराईले सानाठूला गरी आफ्ना ५ वटा बाख्रा, भक्तबहादुर बिष्टको १ वटा भेडा, जसबहादुर खवासको एउटा बोयर बोकाको पाठा र खगेन्द्र भट्टराईको १ वटा बाख्रा सो जंगली जन्तुले खाइसकेको छ।

५-६ दिन यतादेखि लगातार देखिन थालेको यो जन्तुले स्थानीयका गोठमा पालिएका भेडाबाख्रा धमाधम खाइदिन थालेपछि स्थानीय त्रासमा परेको समेत भट्टराईले जानकारी दिए।

प्रकाशित: १५ जेष्ठ २०७९ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App