२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङमा आगलागीः २ घर नष्ट, झन्डै २४ लाख रुपैयाँको क्षति

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवामा दुईवटा घरमा आगलागी हुँदा साढे २३ लाखभन्दा बढीको क्षति भएको छ।

बिहीवार स्थानीय प्रेमबहादुर लिम्बू र रामबहादुर लिम्बूको घरमा आगलागी हुँदा २३ लाख ८० हजार ४ सय रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूले बताए।

उनका अनुसार ढुङ्गा माटोले बनेको फुसको छाना भएको २–२ तले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। आगलागीबाट नगद १ लाख ४५ हजार, १ तोला सुन, चाँदी, लत्ताकपडा, खाद्यन्न समेत नष्ट भएका छन्।

घरमा विद्युतसर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित: २७ पुस २०८० ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App