१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कोरोना सङ्क्रमितको स्वास्थ्यलाभ गर्दै मन्दिरमा दीप प्रज्वलन

नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ। कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा एकै साथ दीप प्रज्वलन गरेको हो।

कर्णाली सरकारमा कांग्रेस सहभागी

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सत्ता जोगाइदिएको कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढाक्षेत्री र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

के कांग्रेसले दिशा गुमाएकै हो ?

कांग्रेसका अग्रज र संस्थापक नेताहरूले रामायणको चरित्रजसरी पार्टी चलाए। आजका कांग्रेस नेताहरू पार्टीको नेतृत्व हत्याउन महाभारत चरित्र अपनाउन थालेका छन्। रामायणको यथार्थ हो, राज्यका निम्ति भाइहरू नलड्ने। भरतले पाएको राज्य उनी लिन चाहँदैनन्, हकवाला रामलाई नै राज्य सुम्पिन चाहन्छन् तर रामचाहिँ भरतले पाइसकेको राज्य कुनै पनि मानेमा आफूले चलाउन नहुने भन्दै राज्य भरतलाई नै सुम्पिन्छन्।

‘घर जलाएर खरानीको व्यापार नगरौं’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चुरे दोहन गरेर व्यापार घाटा न्यून गर्ने सरकारको नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको टिप्पणी गरेको छ। कांग्रेसले चुरे दोहन तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्रको उपज भएको दाबी पनि गरेको छ।

चुरे दोहन गरेर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै : कांग्रेस

काँग्रेसले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएको जनाउँदै सरकारको सो नीतिले तराई–मधेश क्षेत्रलाई मरुभूमिकरण गर्ने षड्यन्त्र भएको बताएको छ।

११ बुँदे मागसहित पाँच विपक्षी गठबन्धनले बुझाए ज्ञापनपत्र

ज्ञापनपत्रमा नेपाली काँग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष डि पि ढकाल, नेकपा(एमाले)का अध्यक्ष रजन के.सी., जनता समाजवादी पार्टी नेपालका श्याम शिल्पकार र राष्ट्रिय जनमोर्चाका शिवहरी नेपालले हस्ताक्षर गरेका छन्।

तानाशाह बन्ने चाहना भएकासंग सजक बनौँ: शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा‌.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना भएको बताएका छन्।

सरकारले जनताको आँखामा छारो हाल्ने काम गर्‍यो: कांग्रेस

साढे तीन वर्षदेखिको शासनको असफलतापछि पनि हावादारी गफबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझै मुक्त हुन सकेको छैन।

कांग्रेसकाे आरोपः नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझै मुक्त हुन सकेन

नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेट जनप्रतिनिधिको थलो संसदको स्वीकृति बेगर सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य पाइदैँन भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यताविपरित भएको भनी टिप्पणी गरेको छ ।

पूर्व अर्थमन्त्रीकाे टिप्पणीः चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयो

नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारको दुश्परिणाम भोगिरहेका छौँः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देशले देउवाले राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारको दुश्परिणाम भोगिरहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा उनले देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोगिरहेको बताएका हुन्।

परीक्षाको तयारी गरेका ५ हजार चिकित्सकलाई परिचालन गरौंः पूर्व स्वास्थ्यमन्त्री थापा

चिकित्सा शिक्षा अध्ययन गरेर परीक्षाको तयारीमा बसेका पाँच हजार मेडिकल विद्यार्थी (चिकित्सक)लाई कोभिडको उपचारमा परिचालन गर्न नेपाली कांग्रेस नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आग्रह गरेका छन्।

'पोखरा घटनाले उब्जाएको प्रश्नः देशमा सरकार छ ? कहाँ छ ?'

नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको बताएको छ।

अनिश्चित बन्दै कांग्रेस महाधिवेशन

महाधिवेशन गरेन भन्ने कलंक म बोक्न चाहन्नँ। कसरी गर्ने छलफल गरौं भनेकै छु। सबैको चित्त बुझाएर महाधिवेशन गरौं भन्ने हो। – देउवा

दिगो शान्तिविना समग्र विकास सम्भव छैन: सभापति देउवा

उनले आज शुभकामना सन्देशमार्फत मुलुक अझै पनि हत्या, हिंसा, अपहरण, मानवाधिकार विरोधीलगायत घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्दै दिगो शान्ति विना समग्र विकास सम्भव नभएको तथा शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रासामु थुप्रै अवसर रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्