मनाङको नार र फू का मतपेटिका शुक्रबार बिहान मात्र ल्याइने
हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम नार्पाभूमि गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम ल्याईने भएको छ। मतदान सकिएको भएपनि मौसमी अवरोधका कारण हेलिकप्टर पुग्न नसक्दा विहीबार मतपेटिका सदरमुकाम चामे ल्याउन नसकिएको निर्वाचन आयोगले बताएको छ।

