सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।
मलङ्गवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
स्थानीयसमेतको सहयोगमा माछा मार्ने जाल हानेर युवकको शव निकालिएको उनले बताए।
स्थानीयले युवकलाई पोखरीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्दा फेला नपरेपछि अन्तिममा स्थानीयसमेतको सहयोगमा जाल हानेर उनको शव निकालिएको हो।
प्रकाशित: ५ चैत्र २०८२ २१:५२ बिहीबार





