३१ वैशाख २०८१ सोमबार
image/svg+xml

सिमलधारा ट्याक्सी दुर्घटनाका पाँच जनाको पहिचान खुल्याे

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित सिमलधारानजिकबाट त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचैजनाको नाम पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिएका छन्।

पानी बोकेको ट्यांकर दुर्घटनामा बालकको मृत्यु

इलामको रोङ गाउँपालिका-३, कोल्बुङमा पानी बोकेको ट्यांकर सडकबाट पल्टिँदा एक बालकको मृत्यु भएको छ।

सवारी दुर्घटनाबाट सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु

सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी छ सय ७४ जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा परी शिक्षकको मृत्यु

ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना शिक्षकको मृत्यु भएको छ।

यात्रुबाहक क्याब दुर्घटना हुँदा १० जनाको मृत्यु

आज बिहान श्रीनगर-जम्मु नेशनल हाइवेमा यात्रुबाहक क्याब सडकबाट तल खस्दा दुर्घटना भएको हो।

ब्यारियरमा बस ठोक्किएर दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।

सडक दुर्घटनाको पीडा: छोराले बाबा कहिल्यै नआउने हो भनेर सोधिरहन्छ

गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन्। उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन्।

झापाबाट काठमाडौं जाँदै गरेको हाइस चितवनमा दुर्घटना, ८ जना घाइते

भरतपुर महानगरपालिका १ रामनगर स्थित मुग्लिङ-नारायणगढ राजमार्गमा राखेको चेकिङ पोस्टमा रोकिराखेको बसमा हाइस अनियन्त्रित भई ठोकिँदा ८ जना घाइते भएका हुन्।

मध्यविन्दुमा छुट्टाछुट्टै दुर्घटना: २ को मृत्यु, ४ जना घाइते

मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन्।

सुरुङ भित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते

उत्तरी चीनमा द्रूतसेवाको सुरुङमार्ग भित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। अन्य ३७ जना घाइते भएका छन्।

सानिमा बैंकद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ।

बानेश्वरको शंखमूलमा टेम्पो दुर्घटना , चालकसहित ३ जना घाइते

काठमाडौंको शंखमूलमा टेम्पो दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन्।

सडक दुर्घटनाको डरलाग्दो तथ्य

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा हिजो बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो।

बागलुङ दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमवार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्