सिटिजन्सको मोबाइल बैंकिङ एपमा नयाँ सुविधा
सिटिजन्स बैंकले आफ्ना ग्राहकको मोबाइल बैंकिङ अनुभव अभिवृद्धि गराउने र वास्तविक डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नँया सुविधा थप गरेको छ।
सिटिजन्स बैंकले आफ्ना ग्राहकको मोबाइल बैंकिङ अनुभव अभिवृद्धि गराउने र वास्तविक डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नँया सुविधा थप गरेको छ।
सानिमा बैंक र फोनपेको सहकार्यमा सानिमा सजिलो बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याक योजना ल्याएको छ ।
कुमारी बैंकले कपन, सितापाइला, डल्लु, भैंसेपाटी र टौखेलमा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको बताएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको बुटवल हार्ट क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
कर्मचारीलाई उत्कृष्ट, गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए बापत बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालद्वारा प्रदान गरिने ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड–२०२३’ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ।
सरकारले विद्युतीय कारोबार ऐन (साइबर अपराध) र बैंकिङ कसुरसम्बन्धी क्षेत्राधिकार फराकिलो बनाउँदै सबै जिल्ला अदालतमा मुद्दा दर्ता हुनसक्ने व्यवस्था गरेको छ।
सिटिजन्स बैंक र पुतलीसडकको हटपिज रेस्ट्रो तथा हेटौडाको रेगल हेटौडा रिसोर्ट बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ।
कुमारी बैंकले कुलेश्वर र धुम्बाराहीमा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
नेपाल एसबिआई बैंक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (नेसनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट अवार्ड-२०२२ ) बाट सम्मानित भएको छ।
देशमा पछिल्लो समय फस्टाउँदै गएको बैंकिङ क्षेत्रका विविध विषयलाई समेटेर तयार गरिएको पुस्तक ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा आएको छ। पुस्तकले बैंकसम्बन्धी नीतिगत मार्गदर्शन, बैंकिङ साक्षरता र सचेतनाका साथै बैंक तथा वित्तीय क्षेत्रका बारेमा जीवन उपयोगी आवश्यक सूचनालाई समेटिएको छ।
ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सक्ने कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ।
सनराइज बैंकले कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ कुचैनी कैलालीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ।
मुक्तिनाथ विकास बैंक र दृश्य लाउन्ज बीच सम्झौता भएको छ। बैंकले आफ्ना भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन दृश्य लाउन्जसँग यो सम्झौता गरेको हो।
सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई थप सरलकृत बैंकिङ अनुभव प्रदान गर्न आफ्नो नयाँ ए आईच्याटबट सुविधा नागरिका मस्कटको सुरुआत गरेको छ।
नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रूपमा कामना विकास बैंक रहने भएको छ।