२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्सको मोबाइल बैंकिङ एपमा नयाँ सुविधा

सिटिजन्स बैंकले आफ्ना ग्राहकको मोबाइल बैंकिङ अनुभव अभिवृद्धि गराउने र वास्तविक डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नँया सुविधा थप गरेको छ।

बैंकले हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरूको अतिरिक्त अन्य उपयोगी सेवाहरू समेत थप गरेको छ। यसै क्रममा ग्राहकले मोवाइल बैंकिङ एपमार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेविट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्ने जस्ता सुविधाहरू थप गरेको छ।

यस्तै बैंकले आफ्ना विशेष ग्राहकलाई लक्षित गरी मोबाइलमार्फत प्रिभिलेज बैंकिङ सेवासमेत सुरु गरेको छ। यसअघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरमार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एपमार्फत प्रदान गरिने भएको छ। यस सेवाअन्तर्गत ग्राहकहरूले बैंकका तोकिएका सम्पर्क अधिकृतहरूमार्फत बिना झन्झट बैंकिङ सेवा प्राप्त गर्ने छन्।

प्रकाशित: १ कार्तिक २०८० ००:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App