नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रूपमा कामना विकास बैंक रहने भएको छ।
संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा वैशाख २४ गतेदेखि आयोजना हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारका रूपमा कामना बैंक रहने गरी सम्झौता भएको छ।
बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल बिजनेस इन्स्टिच्युटका तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
प्रकाशित: १५ वैशाख २०८० ०२:१२ शुक्रबार