१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको मस्कट नागरिक सार्वजनिक

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई थप सरलकृत बैंकिङ अनुभव प्रदान गर्न आफ्नो नयाँ ए आईच्याटबट सुविधा नागरिका मस्कटको सुरुआत गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो मस्कट सार्वजनिक गरेको हो। बैंकले आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको छ।

च्याटबट एक एआईद्वारा सञ्चालित भर्चुअल सहायक हो, जसले ग्राहकसँग अन्तरक्रिया गर्न प्राकृतिक भाषा प्रशोधन र मेसिन लर्निङ एल्गोरिदमहरू प्रयोग गर्छ। यस सुविधाले ग्राहकलाई बैंकसँग सम्बन्धित जिज्ञासा र अनुरोधहरूको तुरुन्त प्रतिक्रिया पाउनेछन्। साथै ग्राहकले सरल र सहज संवादात्मक इन्टरफेस मार्फत विभिन्न बैंकिङ गतिविधिहरूमा सहभागी हुन सक्ने छन्।

प्रकाशित: १५ वैशाख २०८० ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App