२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सानिमा बैंक र फोनपेको सहकार्यमा क्यास ब्याक योजना

सानिमा बैंक र फोनपेको सहकार्यमा सानिमा सजिलो बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याक योजना ल्याएको छ ।  

योजना अन्तर्गत पहिलो पटक सानिमा सजिलो इ–बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई एयरलाइन्सको टिकट खरिदमा पाँच प्रतिशत वा अधिकतम दुई सय रूपैयाँ, बिजुलीको बिल तिर्दा दुई प्रतिशत अधिकतम २५ रूपैयाँ र इन्टरनेटको बिल तिर्दा दुई प्रतिशत वा अधिकतम ५० रूपैयाँसम्मको क्यास ब्याकको व्यवस्था बैंकले गरेको छ ।  

मोबाइल बैंकिङ नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले उक्त योजना ल्याएको जनाएको छ । बैंकका अनुसार योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलो प्राथमिकता’ को आधारमा क्यास ब्याक गरिनेछ । सो योजना असोज १० गतेदेखि कात्तिक मसान्तसम्म लागु हुने बैंकले जनाएको छ ।

प्रकाशित: १८ आश्विन २०८० ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App