३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सांग्रिला डेभलपमेन्ट बैंक विराटनगरमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका–६ स्थित शनिमन्दिर चोकमा शाखा सञ्चालनमा ल्याएको छ।

मुक्तिनाथका ग्राहकलाई आगन्तुकमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

सिटिजन्स र द एभरेस्ट होटेलबिच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेस्ट होटेल बानेश्वरबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार सिटिजन्सका कार्डवाहकहरूले एभरेस्ट होटेलका सेवासुविधामा विशेष छुट पाउनेछन्।

वीरगन्जमा सांग्रिलाको शाखा सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंकले वीरगन्जस्थित लिंकरोडमा शाखा स्थापना गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने बैंकको विश्वास छ।

बैंकिङ कसुर मुद्दामा दुई करोड जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई दुई करोड रूपैयाँ जरिवाना र कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

ढुंगेपाटनमा बंगलादेश बैंकको विस्तारित सेवा

नेपाल बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर ३० खुदी ढुंगेपाटनमा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।

आइसिएफसी फाइनान्सको नायब सिइओमा श्रेष्ठ

आइसिएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन्। उनले विगत १३ वर्षदेखि यसै फाइनान्सका विभिन्न विभागमा रहेर काम गर्दै आएका थिए।

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकिङ प्रणाली झन्झटिलो

सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग सम्झौता गरेको बैंकले सम्झौता अनुसार टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राही निराश देखिएका छन्।

गोर्खाज फाइनान्स हेटौडामा

गोर्खाज फाइनान्स लिमिटेडले हेटौंडा उपमहानगरपालिका, वडा नम्बर ४ मा २५औं शाखा विस्तार गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरूणराज सुमार्गी कम्पनीका अध्यक्ष यादवचन्द्र राईले उक्त शाखा उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

महामारीमा पनि बैंकको नाफा बढ्यो

चालु आर्थिक वर्षको ११ महिना (असार–जेठ) मा २७ वाणिज्य बैंकहरू ६२ अर्ब ३६ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएका छन्। ती बैंकहरूले गत आर्थिक वर्ष ५४ अर्ब ३५ करोड सात लाख रूपैयाँ खुद नाफा कमाएका थिए।

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। कैलाली टीकापुरका ३५ वर्षीय महेन्द्र लोहारलाई प्रहरीले पक्राउ गरेको हो।

सवा करोड पुगे मोबाइल बैंकिङ प्रयोगकर्ता

राष्ट्र बैंकका अनुसार २०७६ चैतदेखि २०७७ पुस मसान्त (जुन लकडाउनको उत्कर्षमा रहेको समय हो) अवधिमा एटिएम ७.८३, डेबिट कार्ड ११.१३, क्रेडिट कार्डको संख्या १२.५५ र प्रिपेड कार्डको संख्या १७.८२ प्रतिशतले बढेको छ।

एकै दिन पौने पाँच अर्ब तरलता घट्यो

एकै दिन पौने पाँच अर्ब रूपैयाँले बैंकिङ प्रणालीमा रहेको तरलता (लगानीयोग्य रकम) घटेको छ। मंगलबार बैंकहरूमा ५८ अर्ब ५९ करोड रूपैयाँ तरलता रहेकामा बुधबार चार अर्ब ७३ करोड रूपैयाँले घटेर बुधबार ५३ अर्ब ८६ करोड रूपैयाँ कायम भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्