३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

जनकपुर झडपमा राजपाका ४७ कार्यकर्ता घाइते

एमालेको अगुवा कार्यकर्ता भेलालाई बिथोल्ने प्रयास गर्दा राष्ट्रिय जनता पार्टी नेपालका ४७ कार्यकर्ता घाइते भएका छन्। राजपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सो घटनामा केन्द्रीय प्रवक्ता लालकिशोर साह, केन्द्रीय सदस्य तथा धनुष जिल्ला अध्यक्ष परमेश्वर साह घाइते भएको उल्लेख गरेका छन्। केन्द्रीय सदस्यहरु सरिता चौधरी, बिन्दू ठाकुर, विभा पाण्डे, अमर पंजियार, ज्ञानेन्द्र झा, रिता झासहित ४७ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ।

वीरगञ्जमा राजपाका दुई समूहबीच झडप

स्थानीय चुनावमा जाने राष्ट्रिय जनता पार्टीले घोषणा गरेको दोस्रो दिन वीरगञ्जमा मेयरका आकांक्षी दुई नेताका समूहबीच झडप भएको छ । वीरगञ्ज महानगरपालिका लगायत विभिन्न स्थानीय तहका उम्मेदवार छनोटको लागि स्थानीय कुमुप्यालेस होटेलमा आयोजित छलफल कार्यक्रमका पर्यवेक्षक अगाडि नै शुक्रबार झडप भएको हो । झडपपछि छलफल बिथोलिएको थियो भने दुबै पक्षका कायकर्ताहरूले नाराबाजी सुरु गरे।

जात्रामा झडप हुँदा दश घाइते, नियन्त्रणमा लिन हवाई फायर

बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डबलीमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच आज झडप भएको छ। बेलकोटगढी नगरपालिका वडा नं ५ र ६ दुईपिपल र वडा नं ७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप रोक्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

डोलेन्द्र शर्माविरुद्ध झडपमा उत्रिए कर्मचारी (भिडियो)

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माले आइतबार मध्यान्न अल्पाइन अपसेट प्रेसबाट गाडीमा राखेर अवैध पुस्तक ल्याए। त्यसको विरोधमा साझाका पुराना कर्मचारी उत्रिए।

दार्जिलिङमा प्रहरी-मोर्चा कार्यकर्ताबीच झडप

चिया मजदुरले आह्वान गरेको १२ घन्टे बन्दको समर्थन गर्दै जुलुसमा निस्किएका गोर्खा जनमुक्ति मोर्चा (गोजमो)का कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। मजदुरको आन्दोलनको दोस्रो दिन मंगलबार दार्जिलिङसहित पहाडी क्षेत्र बन्दको आह्वान गरिएको थियो।

महोत्तरीको औरहीमा २१ वर्षिय युवती बलात्कृत, घटनालाई लिएर स्थानीय र प्रहरीबीच झडप

एक समूहले औरही गाउँपालिकामा २१ वर्षिय युवतिलाई बतात्कार गरेको छ।

भारतमा भएको झडपमा एक सैनिकसहित पाँचको मृत्यु

उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ।

प्रहरी र तस्करबीच झडप, म्यादी प्रहरीको खुट्टा भाँच्चियो

खजानी नाकामा सुरक्षामा खटेका सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको छ। शनिबार राति भएको झडपमा परी तीन जना म्यादी प्रहरी घाइते भएका छन्, जसमा  एक जनाको खुट्टा भाँच्चिएको र अन्य दुई जना घाइते भएका छन्।

कांग्रेस र एमालेको कार्यकर्ताबीच मैदीमा झडप, धादिङबेसी बन्द

नेपाली काग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपको विषयलाई लिएर धादिङबेसी बन्द गराएका छन्। झडपमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सदरमुकाम धादिङबेसी बन्द गराएका हुन्।

काँग्रेस –एमाले कार्यकर्ताबीच झडप, चार घाइते

धादिङको नीलकण्ठ नगरपालिका–५ देउरालीमा  काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

ज्येष्ठ नागरिक र प्रहरीबीच झडप

भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोको सरकारले देशको अर्थतन्त्र धारासायी बनाएको आरोप लगाउँदै राजधानी काराकस लगायत देशका विभिन्न सहरमा हजारौं ज्येष्ठ नागरिकले प्रदर्शन गरेका छन् ।

म्याग्दीको घतानमा कांग्रेस–एमालेबीच झडप, दुई मोटरसाईकलमा आगजनी

बेनी नगरपालिका–९ घतानस्थित नेप्टेचौरमा शुक्रबार राती नेपाली कांग्रेस र नेकपा एमाले समर्थित यूवाबीच झडप भएको छ।

प्यूठानमा प्रहरी र स्थानीयबीच झडप

प्रहरी हिरासतमा रहस्यमय रुपमा एक ब्यक्तिको मृत्यु भएको विषयलाई लिएर भिंगृमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। बिहीवार राती स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारी निवासी भुपेन्द्र गिरी इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा भेटिएका थिए।

घ्याल्चोकमा माओवादी र कांग्रेसबीच झडप, दुई राउण्ड हवाई फायर

गण्डकी गाउँपालिका ८ घ्याल्चोकको साविकको गाविस भबन नजिकै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।

एमाले - माओवादी कार्यकर्ताबीच झडप, उम्मेद्वारको छोराको मृत्यु

जिल्लाको गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बच गएराती झडप हुँदा एक एमाले कार्यकर्ताको ज्यान गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्