धादिङमा एमाले र माओेवादी कार्यकर्ताबीच झडप, ४ घाइते
चुनाव प्रचार प्रसारमा जम्काभेट हुँदा धादिङको गजुरी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।
चुनाव प्रचार प्रसारमा जम्काभेट हुँदा धादिङको गजुरी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।
रुकुममा विहीबार दिउँसो नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ ।
आफ्ना माग पूरा नभएसम्म स्थानीय निकायको चुनाव हुन नदिने भन्दै मंगलबार दिउँसो इटहरीमा लाठी जुलुस प्रदर्शन गर्ने क्रममा संघीय गठबन्धन संघीय लिम्बुवानका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा परी ४ प्रहरी घाइते भएका छन्।
भारतबाट तस्करी गरी ल्याउँदै गरेको माल वस्तुहरुलाई नियन्त्रण गर्न खोज्दा सोमबार बिहान प्रहरी र तस्कर समुहबीच कलैया उपमहानगरपालिकाको धर्मनगर टोलमा झडप भएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच शुक्रबार दिउँसो झडप हुँदा ६ जना घाइते भएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच रौतहटमा झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
रौतहटको मौलापुर गाउँपालिका-७, सितलपुरको घुसुकपुर टोलमा जग्गा विवादमा झडप हुँदा १८ जना घाइते भएका छन्। स्थानीय लक्ष्मी राय यादवले तनकी राउतको जग्गा मिचेको भन्दै अमिन बोलाएपछि विवाद बढेको थियो।
रौतहटमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। रौतहटको देवाही गोनाही गाउँपालिका–४ कर्कचमा बुधबारराति भएको झडपमा घाइते एकको उपचारको क्रममा मृत्यु भएको हो।
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन्।
भेनेजुएलामा गत हप्ता भएका चार वटा ठूला प्रदर्शनमध्ये शनिबार भएको पछिल्लो प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ ।
लहानमा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ। नेकपा एमालेले पशुपति आदर्श माविबाट निकालेको जुलुसलाई विथोल्न मधेसी मोर्चाले पनि जुलुस निकाले पछि दुई पक्षबीच तनाब भएको थियो। एमालेले लहान नगरपालिकाको नगरसभा हलमा पार्टी प्रवेश कार्यक्रम राखेको थियो।
अमृत साईन्स क्याम्पस (अस्कल)को छात्राबासमा सोमबार दुई विद्यार्थी संगठनका कार्यकर्ताबीच झडप भएको छ। अखिल क्रान्तिकारीका विद्यार्थीले अखिलका कमलराज जोशीलाई हम्मरले प्रहारगर्दा उनी गम्भिर घाईते भएका छन्। घाईते जोशीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भै रहेको छ।
राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा जमलमा प्रहरीसँगको झडपमा घाइते भएका छन्। जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो। पार्टी विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा धर्ना दिन गएको जुलुसको नेतृत्व राणाले गरेका थिए।
पार्टी विधानमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा निर्वाचन आयोगमा धर्ना दिन गएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप भएको छ।
नेकपा एमालेको मेची-महाकाली अभियान अन्तर्गत चैत १ गते नेपालगन्जमा आयोजित कार्यक्रममा बाँके जिल्ला बन्द गराउँदै हिडेका मधेसी मोर्चा र प्रहरीबीचको झडपमा घाईते एकजनाको मृत्यु भएको छ।