४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोखरा विमानस्थलको कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाका सबै कागजपत्र नियन्त्रणमा लिएको छ। कात्तिक १२ गते नै अख्तियारले कागजात नियन्त्रणमा लिएको हो। ‘विमानस्थल निर्माणको लागत दोब्बर बनाएको, निर्माणका लागि ठेक्का प्रक्रियामा चलखेल गरेको लगायत विषयमा आवश्यक छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको हो,’अख्तियार स्रोतले भन्यो।

उदयपुरमा लागू औषध नियन्त्रण गर्न ‘एमडिआई’ अभियान

बढ्दो लागुऔषध नियन्त्रणका लागि उदयपुर प्रहरीले मिसन ड्रग्स इन्टरसेप्सन (एमडिआई) अभियान सञ्चालन गरेको छ । यो अभियान अन्तर्गत लागूऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना अपराधीहरु भकाभक पक्राउ पर्न थालेका छन् ।

गुणस्तरहीन औषधि रोक्न गैरसरकारी विधेयक दर्ता

प्रतिनिधिसभामा औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) सम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ।

सीमा अपराध रोक्न नेपाल–भारत डिआईजी स्तरीय सुरक्षा बैठक सम्पन्न

सीमा अपराध नियन्त्रणको जिम्मा पाएका नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारत तर्फबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलको डिआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ।

रेबिज नियन्त्रण गर्न चुनौती

नेपालमा रेबिजविरुद्धको उपचार सुरु भएको ३६ वर्ष पुगिसक्दा पनि लगानीको तुलनामा सुधार आउन नसकेको सरोकारवालाले औंल्याएका छन्।

साढे ६ क्युन्टल रक्त चन्दन सहित ८ व्यक्ति प्रहरी नियन्त्रणमा

कपिलवस्तु प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्युन्टल रक्त चन्दन जस्तै देखिने काठ सहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो

सिंहदरबार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले छोडेको छ।

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत भेटिएकी महिलाका पति र सासू नियन्त्रणमा

कपिलवस्तुको यशोधरा गाउँपालिका १ पकडीस्थित घरमा मृत अवस्थामा भेटिएकी महिलाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले उनका पति र सासूलाई नियन्त्रणमा लिएको छ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा अब असोज दोस्रो साता

असोज ९ गते मङ्गलवार अनिवार्य अङ्ग्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन्।

छाडा चौपाया नियन्त्रण गर्न स्थानीय तहलाई अदालतको निर्देशन

आदेश अनुसार कार्य सम्पादन नभएमा कानुन बमोजिम कारबाही हुने पनि आदेशमा उल्लेख गरिएको छ।

जगदीशपुरमा जल उद्धार नमुना अभ्यास

नेपाल कै सबै भन्दा ठुलो कृत्रिम तालकाहरु रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर–९ जगदीशपुर तालमा जल उद्धार नमुना अभ्यास ( सेमुलेशन ) सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । बिपतको पूर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण हेड क्वाटर कपिलवस्तुको अगुवाइमा स्थानीयको सहभागितामा घटना अभ्यास (सेमुलेसन एक्सरसाईज) गरिएको हो ।

डेंगी नियन्त्रण गर्न नगर प्रहरी परिचालन

काठमाडौं महानगरपालिकाले डेंगी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ। यसका लागि ६४ नगर प्रहरी खटाइएको छ।

ध्यान डेंगी नियन्त्रणमा

पूर्वी नेपालको धरानमा महामारी बनेको डेंगी काठमाडौँ भित्रिएको खबरले सर्वसाधारण त्रसित हुन पुगेका छन्। अझ त्यो भन्दा पनि डरलाग्दो पक्ष त अझै तीन महिना यो समस्या कायमै रहने विज्ञहरूको चेतावनी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्