१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

मृत भेटिएकी महिलाका पति र सासू नियन्त्रणमा

कपिलवस्तुको यशोधरा गाउँपालिका १ पकडीस्थित घरमा मृत अवस्थामा भेटिएकी महिलाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले उनका पति र सासूलाई नियन्त्रणमा लिएको छ।

मंगलबार राति १० बजेतिर स्थानीय २२ वर्षीया नसिमा खातुन आफ्नै घरको बरन्डामा रहेको खाटमा मृत अवस्थामा फेला परेकी थिइन्।घटनालगत्तै प्रहरीले मृतक महिलाका पति प्रवेज आलम धुनिया, सासु साजिामा धुनिया, ससुरा जाकिर हुसने धुनिया, देवर तरबेज अहमद, नन्द रुक्सार खातुनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।

महिलाको मृत्यु शंकास्पद देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताए। मृतकको घाँटीमा नीलडाम देखिएको र महिलाको मृत्युको खबर माइती पक्षबाट आएकाले घटना शंकास्पद रहेको थापाले बताए।

उता मृतक महिलाकी आमा भारतको सिद्धार्थनगर थाना मोहोना पोस्ट बर्डपुर १० मदरापुरकी आशिया खातुनले ज्वाइँ प्रवेज आलम र सम्धिनी साजिामा धुनियाविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरीसमेत दिएकी छन्।

 नियन्त्रणमा लिइएका सबैजनासँग प्रहरीले सोधपुछ गरेको थापाले बताए। मृतकका पति र सासूविरुद्ध किटानी जाहेरी परेकाले ती दुईमाथि मुद्दा चलाइने र अन्यलाई बोलाएको बखत हाजिर हुने गरी रिहा गरिने थापाले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ आश्विन २०८० ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App