६ आश्विन २०८१ आइतबार
image/svg+xml

लागूऔषधसहित भारतीय पक्राउ

सुर्खेत प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर-१८ तातापानीमा डेरामा बस्दै आएका भारत रुपैडिहाका २८ वर्षीय रफिक अन्सारी र २१ वर्षीय सफिक अन्सारीलाई पक्राउ गरिएको डिएसपी बहादुरजंग मल्लले जानकारी दिए।

नक्कली पेस्तोल भिरेर पासपोर्ट बनाउन आएका व्यक्ति नारायणहिटीबाट पक्राउ

काठमाडौं—काठमाडौं महानगरपालिका–२ राहदानी शाखामा राहदानी बनाउन आएका एक जना पक्राउ परेका छन्।

घुससहित नापी कार्यालयका प्रमुख र अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुससहित बुधबार पक्राउ गरेको छ ।

५ सयको टिकट हजारमा बेच्ने र नक्कली प्रहरी बनेर ठग्ने पक्राउ

काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोकस्थित रातुकमला टिकट काउण्टरका कर्मचारी पक्राउ परेका छन्। कोटेश्वर बस्ने महोत्तरी बर्दिवास–२ का २९ वर्षीय राकेश शाहलाई काठमाडौंदेखि सिन्धुली जाने गाडीको तोकिएको ५ सय रुपैयाँ मूल्य पर्ने टिकट १ हजार रुपैयाँमा बिक्री गरेको अवस्थामा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

डिलक्स भनेर बढी भाडा असुल्ने पक्राउ

लोकल बसलाई डिलक्स भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरी कारवाही थालेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौंमा लोकल चल्ने बा ३ ख ८४३८ नम्बरको बसलाई डिलक्स भन्दै काठमाडौं काँकडभिट्टाका लागि २४ जना यात्रुलाई टिकट बेच्ने दुईजना सहित चारजनालाई कारवाही थालेको हो।

बढी मूल्यमा टिकट बिक्री गर्ने पक्राउ

तोकिएको दरभन्दा बढी मूल्यमा टिकट बिक्री गर्ने एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही गौरीशङ्कर–४ का दिलिप परियार रहेको प्रहरीले जनाएको छ।

रेडपाण्डाको छाला सहित पक्राउ

काठमाडौँ- जडिबुटीबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको २ थान छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको हो।

बलात्कारको आरोपमा किशाेर पक्राउ

एक बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–६ घलेगाउँका एक किशोरलाई प्रहरीले साेमबार पक्राउ गरेको छ।

१० लाख घुस लिएको आरोपमा शाखा अधिकृतसहित २ पक्राउ

सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका शाखाअधिकृतसहित २ जनालाई पक्राउ गरेको छ।

अवैध मेनपावर सञ्चालक पक्राउ

इटहरी- सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ मा गोप्य र अवैध रुपमा मेनपावर कम्पनी चलाउँदै आएको छ भन्ने सुराकीका आधारमा घर खानतलासी गर्दा विभिन्न व्यक्तिको १७ थान राहदानी फेला परेपछि तत्काल त्यहाँ रहेका चारजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ।

पाकिस्तानको जासुसी परेवा भारतमा पक्राउ, मोदीलाई गाली गरेको पत्र परेवाको खुट्टामा

भारतीय प्रधानमन्त्री नरेन्द्रलाई गाली गरेको पत्र बोकेको एउटा पाकिस्तानी परेवालाई भाारतीय सीमा सुरक्षा गार्डले पक्राउ गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

१२ लाख २५ हजार घुस सहित मालपोतका सुब्बा पक्राउ

सर्लाही सदरमुकाम मलंगवाबाट मालपोत कार्यालयका कर्मचारी १२ लाख २५ हजार घुस सहित पक्राउ परेका छन्। मालपोत कार्यालय सर्लाहीका नायब सुब्बा नरेश रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

हुन्डी कारोबारमा संलग्न पाँच पक्राउ

वीरगन्ज- हुन्डीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले ठूलो मात्रामा रकमसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट आज खटिएको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका– ६ रेशमकोठीबाट सन्तोषकुमार जैन, उषा गोयन्का, विक्कि जैन, सुनिलकुमार पटेल र जिवन ठाकुरलाई पक्राउ गरेको हो।

एमबिबिएस परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम असुल्ने पक्राउ

काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्