१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चालू आवका मुद्दाका ८० प्रतिशत प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दाका ८० प्रतिशत प्रतिवादी पक्राउ गर्न सफल भएको जनाएको छ।

चालु आवको १० महिना पूरा हुँदा यहाँ भएका घटनामा ७७ जना प्रतिवादी रहेकोमा ६२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कमलकुमार लुंगेलीले जानकारी दिए। उनका अनुसार १५ जना प्रतिवादी फरार रहेका छन्। उनीहरुको खोजी कार्य इरहेको प्रहरीले जनाएको छ।

लुंगेलीका अनुसार चालु आवको चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालयमा एक सय २२ वटा मुद्दा दर्ता भएका छन्, तीमध्ये जघन्य प्रकृतिका १० वटा, गम्भीर प्रकृतिका १६ वटा र सामान्य प्रकृतिका १९ वटा मुद्दा रहेका छन्।

मुलुकी अपराध संहिता ऐन २०७४ मा तीन वर्षभन्दा बढी दश वर्षसम्म कैद सजाय हुन सक्ने प्रकृतिका मुद्दालाई गम्भीर प्रकृतिका र जन्मकैद वा दश वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुरलाई जघन्य प्रकृतिका भनी उल्लेख गरिएको छ।

कसुर भन्नाले कानुनबमोजिम हुने सजाय भन्ने बुझिन्छ। ७७ थान मुद्दा भवितव्य ज्यानसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ। झुन्डी आत्महत्या, लडी मृत्यु, पानीमा डुबी मृत्यु, विष सेवनसहितका घटनालाई प्रहरीले भवितव्य ज्यान शीर्षकमा राख्ने गरेको छ।

प्रकाशित: ३० चैत्र २०८० १४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App