६ आश्विन २०८१ आइतबार
image/svg+xml

चार दिनदेखि हराएकी महिलाको शव फेला

इलाम नगरपालिका–८, सिङफ्रिङमा महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ। स्थानीय अन्दाजी ३१ वर्षीया विनिता काफ्लेको शव घरभन्दा करिब ७ सय मिटर टाढा खाडलमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

इलाममा १२९ जनाको मनोनयन फिर्ता

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका इलामका एक सय २९ जनाले मनोनयन फिर्ता लिएका छन्। फिर्ता लिनेमा जिल्लाका १० वटै पालिकाका मेयर/अध्यक्षदेखि वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदकै उम्मेदवार छन्।

चेम्जोङले मेयरको टिकट पाएपछि एमाले कार्यालयको तालाबन्दी खुल्यो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का असन्तुष्ट नेता–कार्यकर्ताले जिल्ला पार्टी जिल्ला कार्यालयमा गरेको तालाबन्दी खुलेको छ। इलाम नगरको उम्मेदवारमा धीरेन चेम्जोङले टिकट पाएपछि तालाबन्दी खुलेको हो।

निर्वाचनप्रति जनताको उत्साह

उमेरले ८० नाघेका इलाम सन्दकपुर गाउँपालिकाका इन्द्रबहादुर गुरुङलाई यस पटकको स्थानीय तहको चुनाव भिन्न लागेको छ। आसन्न स्थानीय तहको चुनावलाई गुरुङ २०३६ सालको जनमत संग्रहसँग तुलना गर्छन्।

आशिष स्मृति पत्रकारिता पुरस्कार भगीरथ भण्डारीलाई

यसवर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार भगीरथ भण्डारीलाई प्रदान गरिएको छ।

‘पैसा र पावर हुने छुट्छन्, नहुने जेलमै कोचिन्छन्’

इलाम कारागारका कैदी–बन्दीले एउटै अपराधमा संलग्नलाई दुईखाले सजाय भइरहेको गुनासो गरेका छन्।

कांग्रेस र एमाले पैसाको बोरा बोकेर निर्वाचनमा जाने पार्टी हो: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन्।

इलाममा आँखा अस्पतालको सेवा सुरु

अस्पताल व्यवस्थापनका लागि कार्यविधि बनाइएको नगर प्रमुख बस्नेतले बताए। जनशक्ति व्यवस्थापनमा चाहिँ चुनौती भइरहेको नगरले जनाएको छ।

किसानलाई बगानमै पुगेर सिकाइँदै चिया सीप

अर्गानिक चियाको बजार सम्भावना उच्च भएर पनि किसानले यसबाट लाभ लिन सकेका छैनन्। पहाडी क्षेत्रको चिसो मौसममा उत्पादित अर्गानिक अर्थाेडक्स चियाले विश्व बजारमा उच्च मूल्य लिन सक्ने भएपनि गुणस्तर र परिमाणमा अझै ध्यान पुग्न सकेको छैन।

किरात धर्मगुरु आत्मानन्द जन्मोत्सव र उधौली

फाल्गुनन्दको स्वयं पनाति आत्मानन्द दुवै युग पुरुषहरू एक सिक्काका दुई पाटा, किरात धर्म दर्शनका दुई अवतार सिद्ध भइसकेको छ।

कांग्रेस क्षेत्रीय अधिवेशन: इलाममा चार नेताका आ-आफ्नै प्यानल

केन्द्रमा स्पष्ट रूपमा संस्थापन र इतर प्यानल भएपनि जिल्लामा भने जिल्ला सभापतिका आकांक्षी ४ नेताले अलग–अलग चारै प्यानल चुनावमा उतारेका छन्।

इलामबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र

विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ।

एमाले महाधिवेशन: इलामबाट छानिए २१ प्रतिनिधि

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छानेको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत् रूपमा २१ प्रतिनिधि छानिएको एमाले जिल्ला कमिटीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्