६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जिल्लाकै ज्येष्ठ नागरिक १०७ वर्षीय भुर्तेलको निधन

इलाम जिल्लाका ज्येष्ठ नागरिकको निधन भएको छ। एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको निधन भएको हो।

उनको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका-५ बरबोटे घरमा निधन भएको हो। उनको आज बिहान ७ः३० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको बुढ्यौलीकै कारण निधन भएको बताइएको छ।

उनको आज नै माइखोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ। उनका पाँच छोरा र दुई छोरी छन् । उनी वृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उनीसँग धेरैले आशिष थाप्न र भेट्न जाने गरेका थिए। रासस

प्रकाशित: २९ माघ २०७८ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App