१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चार दिनदेखि हराएकी महिलाको शव फेला

इलाम नगरपालिका–८, सिङफ्रिङमा महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ। स्थानीय अन्दाजी ३१ वर्षीया विनिता काफ्लेको शव घरभन्दा करिब ७ सय मिटर टाढा खाडलमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ती महिला वैशाख १५ देखि घरबाट हराएकी थिइन्। स्थानीयले उनी हराएको बारे प्रहरीलाई खबर गरेका थिए। उनको शव शनिबार साँझ तरुल खनेको खाडल अलि बढाएर पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माटोले छोपेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थल पुगेर शव निकालेको छ। जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले ती महिलाको हत्या भएको हुनसक्ने आशङ्का गरेका छन्। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। शव अहिले इलाम अस्पतालमा ल्याइएको छ। मृतक महिलाका पतिको दुई वर्षअघि वैदेशिक रोजगारीका क्रममा विदेशमै मृत्यु भएको थियो। उनकी चार वर्षकी छोरी छिन्। 

प्रकाशित: १८ वैशाख २०७९ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App