२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुई तिहाइ बहुमतकाे सरकार ‘ट्रायल’ मै फेल : उपसभापति निधी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकार असफल बनेको बताएका छन्। वर्तमान सरकार परिवर्तनको रक्षा र जनताका आधारभूत आवश्यकता पूरा गर्नमा पूर्णरुपमा असफल भएको निधीकाे ठहर छ।

पार्टी संस्थागत रुपमा नचल्दा मुलुकमा कम्युनिष्ट हाबी : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा चलाउन धेरै चुनौती रहेको बताएका छन्। नेपाली कांग्रेस बाँकेले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी संस्थागत रुपले नचल्दा मुलुकमा कम्युनिष्ट हाबी भइरहेको जिकिर गरे।

कांग्रेसले सरकार विरुद्ध आन्दोलन गर्ने : महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सरकारले जनमुखि काम नगरेकाले नेपाली कांग्रेसले सडक र सदनमा आन्दोलन गर्ने बताएका छन्। स्थानीय तह, प्रदेश र केन्द्रसम्म कांग्रेसले सरकार विरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको नेता महतले बताए।

‘सरकारको दम्भ बढ्यो’

नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले डा. गोविन्द केसीका माग पूरा नगरी सरकारले दुई तिहाई बहुमतको आडमा दम्भ देखाएको आरोप लगाएका छन्। उनले केपी ओली नेतृत्वको सरकारले नै गत साउन १० गते डा. केसीसँग गरेको सम्झौता विपरित प्रतिनिधि सभाको शिक्ष तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतकै आडमा पारित गरेर सरकारले दम्भ देखाएको आरोप लगाएका हुन्।

प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने भएपछि संसद् खुल्यो

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नोत्तरमा सहभागी गराउने सभामुख कृष्णबहादुर महराको आश्वासनपछि संसद् बैठक सञ्चालन भएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नदिए संसद् बैठक अवरुद्ध गर्ने कांग्रेस अडानपछि सभामुख महराले संसद्को अर्को बैठकमा उक्त कार्यक्रम राख्ने आश्वासन दिएका थिए। सो आश्वासनपछि कांग्रेसले बुधबारको बैठक अघि बढ्न दिएको हो।

'कांग्रेस सिंहदरबार पुग्ने हो भने हात्तीको होइन घोडाको गतिमा दौडिनु पर्छ' (भिडियाे सहित)

संसदमा आफ्नो भूमिकालाई सशक्त पार्न नेपाली कांग्रेसले गठन गर्न लागेको छायाँ सरकारले ओली सरकारलाई जनताप्रति उत्तरदायी बनाउन र आगामी निर्वाचनमा आफ्नो पक्षमा जनमत बटुल्न सघाउ पुर्‍याउने राजनीतिक विश्लेषक पुरन्जन आचार्यले बताएका छन्।

‘कांग्रेसलाई सिकाइरहनु पर्दैन, हामी सरकारको होमवर्क चेक गरिरहेका छौं’

वाम गठवन्धन नेकपाको २/३ को सुविधासम्पन्न सरकार छ। खुरुखुरु समृद्धि र विकासको काम गर्नु प-यो। नेपाली कांग्रेस के गर्दैछ, के बोल्दैछ? भनेर पछिपछि लाग्नु पर्दैन। हामीलाई सिकाइरहनु पर्दैन। हामी यही छौं। हामी पनि खुरुखुरु यहाँ बसेर सरकारको होमवर्क चेक गरिरहेका छौं।

निर्मला हत्याको पछिल्लो प्रगति विवरण संसदमा पेश गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला पन्त हत्या प्रकरणको पछिल्लो प्रगति विवरण संसदमा पेश गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले बुधवार संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै निर्मला हत्याको अनुसन्धान तथा पछिल्लो प्रगति विवरण जानकारी गराउन माग गरेकी हुन्।

चिकित्सा शिक्षा विधेयक स्वास्थ्य समितिबाट पारित,कांग्रेस असहमत

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको छ। नेपाली कांग्रेसका सांसादले सात बुदे फरक राखे पनि बहुमतका आधारमा उक्त विधेयक समितिले पारित गरेको हो।

प्रतिनिधिसभा बैठक बस्दै, प्रश्न सोध्न नपाए संसद् बस्न नदिने कांग्रेसको अडान

संघीय संसद्को प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत आइतबार वैठक अवरुद्ध गरेपछि स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने लागेको हाे।

वाइडबडी प्रकरणभित्रको रहस्य

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीको संयोजकत्वमा संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी छानबिन प्रतिवेदनमा ‘गलत तरिकाले विमान खरिदमा भ्रष्टाचार गर्दै जम्माजम्मी ४ अर्ब ३५ करोड अनियमितता भएको’ निष्कर्ष निकालेको छ।

दुर्घटना नियन्त्रणका लागि सार्वजनिक महत्वको प्रस्ताव

सडक दुर्घटना नियन्त्रणका उपाय अपनाउनुपर्ने भन्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले नेपालमा सडक दुर्घटना भयावह किसिमले बढ्दै गएको उल्लेख गर्दै मंगलबार संसद् सचिवालयलमा प्रस्ताव दर्ता गराएकी हुन्।

अवरुद्ध भएकै ठाउँबाट संसद् अघि बढ्नुुपर्छ : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठक प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तरबाट सुरु हुनुपर्ने निष्कर्ष निकालेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको दलको बैठकले संसद् स्थगित गरिएको ठाउँबाटै बैठक अघि बढाउनु पर्ने निष्कर्ष निकालेको हो।

कार्यव्यवस्था बैठक अनिर्णीत

सभामुख कृष्णबहादुर महराले सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक अनिर्णीत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिे आइतबारको बैठकमा गरेको सम्बोधनमाथि प्रश्नोत्तर नभए संसदको कारबाही अघि बढ्न नसक्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसले बताए पछि बैठक निर्णयमा नपुगको हो।

‘सरकारकै संरक्षणमा सनातन धर्ममाथि आक्रमण’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसाँसद अर्जुनप्रसाद जोशीले सरकारकै संरक्षणमा सनातन धर्ममाथि आक्रमण भइरहेको बताएका छन्। जलजला–२ बगरफाँटस्थित सिद्धबाबा आधारभुत बिद्यालयले लगाएको महायज्ञलाई सम्बोधन गर्दै जोशीले सनातन धर्मको संरक्षण गर्नु राज्यको दायित्व र जिम्मेबारी भएपनि अहिलेको कम्युनिस्ट सरकारकै मिलेमतोमा लगातार सनातन धर्ममाथि आक्रमण भइरहेको धारणा राखे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्