२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुर्घटनापीडित परिवारलाई कांग्रेसको सहयोग

नेपाली कांग्रेस जिल्ला कार्य समिति(नुवाकोट)ले गत मंसिर अन्तिम साता दुप्चेश्वर–१, घ्याङडाँडामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

विपक्षीप्रति सभामुख अनुदार

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा विपक्षी दलप्रति अनुदार देखिएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको समय माग गर्दै रोस्टम घेराउ गरिरहेकै अवस्थामा सभामुख महराले त्यसलाई बेवास्ता गरी संसद्मा विधेयक पेस गर्न लगाएका हुन्।

कांग्रेसको अवरोधपछि गले सभामुख, अर्काे बैठकमा प्रधानमन्त्रीसँग सवाल जवाफ हुने

बैठक स्थगित भएपछि कांग्रेस प्रमुख सचेतकसहित सांसदहरु र सभामुख महराबीच छलफल भयो। छलफलमा कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनका क्रममा उठेका विषयमा प्रश्न राख्न नदिएसम्म अवरोध गरिरहने चेतावनी दियो। प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल गर्न पाउनुपर्ने माग गरे। कांग्रेसको अडानपछि सभामुख महराले आगामी बैठकमा प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल जवाफ हुने सहमति जनाएको प्रमुख सचेतक खाँडले जानकारी दिए।

सभामुखमाथि खनिए गगन, नेकपाको कार्यकर्ता नबन्न चेतावनी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सभामुख पार्टीको कार्यकर्ता जसरी प्रस्तुत भएको आरोप लगाएका छन्। सभामुख कृष्णबहादुर महराले पार्टी कार्यकर्ताको जस्तो व्यवहार देखाएकाले आफूहरुले संसदमा अवरोध गरेको उनको भनाई छ।

वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कांग्रेसले छाड्दैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन्।

गुटउपगुटले पार्टी ध्वस्त हुन लाग्यो : कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी गुटउपगुटले ध्वस्त हुन लागेको वताएका छन्। नेपाली कांग्रेस रत्ननगर नगरसमितिले शनिवार रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा कोइरालाले पार्टीलाई एक ढिक्का वनाई अघि वढ्न नेतृत्वमा परिवर्तनको विकल्प नभएको बताएका हुन्।

कांग्रेस कार्यसमिति बैठक माघमा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० मा वोलाइएको छ। शनिवार कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै बैठकबारे जानकारी गराएका हुन्।

रेशम चौधरीको सपथले कानुनी राज्यको धज्जी उडायोः नेपाली काँग्रेस

नेपाली काँग्रेसले टीकापुर घटनाका प्रमुख योजनाकार भनिएका रेशम चौधरीको संघीय संसदकाे प्रतिनिधि सभाको सांसद पदको सपथ ग्रहणप्रति आपत्ति जनाएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विहीवार ट्विईटरमार्फत चौधरीको सपथ गराएर सरकारले कानूनी राज्यको खिल्ली उडाएको प्रतिक्रिया दिएका छन।

कांग्रेस कार्यसमितिमा चार थपिए

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार जना सदस्य मनोनीत गरेका छन्।

गगनले भने : सरकारलाई प्रतिपक्ष दलको यो भन्दा ठूलो मद्दत अरु केही हुँदैन

उपसमिति सदस्य गगन थापाले सरकार र डा केसीसँग भएको सम्झौतालाई अक्षरशः पालना गर्दै प्रतिवेदन तयार गरेर विधेयकको अङ्ग बनाउन आग्रह गर्दै त्यसो भयो भने सकारात्मक वातावरण बन्ने बताए। सरकारलाई प्रतिपक्ष दलको यो भन्दा ठूलो मद्दत अरु केही नहुने उनको भनाइ छ।

भावनात्मक सम्बन्ध र मेलमिलाप

नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ४३ औँ सम्झना दिवस मनाइरहँदा अहिले तीनवटा अंग्रेजी शब्दको चर्चा उठिरहेको छ। पहिलो इमोस्नल अट्याच्मेन्ट, दोस्रो डिप लभ (गहिरो प्रेम) र तेस्रो ट्रस्ट। यी शब्दका सहारामा नेपाली कांग्रेसका नेताहरू आफूलाई, आफ्नो दृष्टिकोणलाई सञ्चारजगतका सामु र सदस्यहरूसमक्ष प्रस्तुत गरिरहेका छन्।

चाँडो अधिवेशन नगरे पार्टी कमजोर हुन्छ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चाँडो महाधिवेशन नगरे पार्टी कमजोर हुने बताएका छन्। नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा अयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले यस्तो धारणा राखेका हुन्। पार्टी बलियो बनाउन धवेशन जरुरी रहेको कोइरालाले बताए।

दोलखामा कांग्रेसको कडा निर्देशन

स्थानीय तहमा भ्रष्टाचार र मनपरी बढेको भन्दै दोलखामा प्रतिपक्षी दल कांग्रेसले कम्युनिस्ट नेतृत्वको स्थानीय सरकारविरुद्ध कठोर ढंगले प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएको छ। स्थानीय तह गठन भएको दुई वर्ष बित्न लाग्दासमेत दोलखामा प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नो आलोचना भइरहेका बेला कांग्रेसको जिल्ला नेतृत्वले स्थानीय तहका काम कारबाही निगरानी गर्न र बेथिति पाइए कठोर ढंगले प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएको हो।

कमल थापालाई गगनको चेतावनी : पूर्व मण्डलेले कांग्रेसलाई सिकाउनु पर्दैन

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीभित्र एकता औल्याएका छन्। कांग्रेसभित्र एकता नहुँदा पूर्व मण्डले कमल थापाले अर्काे मञ्चमा राष्ट्रिय मेलमिलाप दिवस मनाएको र यो कांग्रेसलाई गिज्याउने काम भएको भन्दै नेता थापाले कुनै पूर्व मण्डलेले नेपाली कांग्रेसलाई सिकाउनु नपर्ने चेतावनी दिए। ‘राष्ट्रलाई कसरी जोगाउने भनेर कांग्रेसलाई सिकाउनु पर्दैन’, उनले भने।

ओली र दाहाल पाइलट रहेको नेकपाको जहाज दुर्घटनामा पर्छ : गगन

नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग गणतान्त्रिक मूल्य मान्यता नरहेको टिप्पणी गरेका छन्। ‘यो आरोप होइन, सत्य हो’, थापाले सोमवार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्