२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कांग्रेसले छाड्दैन : देउवा

उर्लाबारी - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन्।

पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको शनिबार उद्घाटन गर्दै सभापति देउवाले वाइडबडी विमान प्रकरणमा जुनसकै पार्टीको भए पनि कारवाही हुनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारे।

सरकारले छुट्टै छानविन समिति बनाउँदा घटनालाई लुकाउने शङ्का उत्पन्न भएको बताउदै उनले भने, “घटनामा संलग्न जोसुकै भए पनि काङ्ग्रेसले छाड्दैन।” सभापति देउवाले जनताको इच्छा र चाहनाअनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको आरोप लगाए। उनले सरकारले शिक्षा, सञ्चार, प्रहरी सङ्गठनलगायतका क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसका विरुद्ध कांग्रेसले अब देशभर आन्दोलन सुरु गर्ने बताए। सरकारले कर बढाएर उद्योगी व्यापारीलाई दुःख दिएको उनकाे आरोप छ।रासस

प्रकाशित: २१ पुस २०७५ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App