बर्दिया - नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सरकारले जनमुखि काम नगरेकाले नेपाली कांग्रेसले सडक र सदनमा आन्दोलन गर्ने बताएका छन्। स्थानीय तह, प्रदेश र केन्द्रसम्म कांग्रेसले सरकार विरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको नेता महतले बताए।
राजापुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थायी बहुमतको वर्तमान सरकार विरुद्ध वडा, गाउँ, नगर, प्रदेश र केन्द्र स्तरबाट नेपाली कांग्रेसले आन्दोलन गर्ने बताए। नेपाली जनतालाई दिएका आश्वासन पूरा गर्न नसकेकाले बहुमतको सरकार एक बर्षमै असफल भईसकेको उनको भनाई थियो।
बर्तमान सरकारले भ्रष्टाचार संस्थागत गरेको समेत उनले आरोप लगाए। हत्या, हिंसा, आतंक र देश नै संस्थागत भ्रष्टाचारको चपेटमा परेको उनले बताए। फरक प्रसंगमा राजापुर नाकालाइ व्यवस्थित बनाउन र गुलरियामा थप नाका खोल्ने कुरा कांग्रेसको प्राथमिकतामा रहेको नेता महतले बताए।
प्रकाशित: २७ पुस २०७५ ०९:३७ शुक्रबार