२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एमाले केन्द्रीय कमिटी बैठकः भावी प्रधानमन्त्रीमा ओलीलाई अघि सार्ने निर्णय

बैठकले हरेक पार्टी सदस्यलाई २ भोट थप्न र ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने निर्णय पनि गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताए। गुरुङका अनुसार बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार निर्वाचन आयोगका सिफारिस गर्ने अख्तियार पार्टीका अध्यक्ष ओलीलाई दिने निर्णय पनि गरेको छ।

नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके, म राजनीतिक फोहोर सफा गर्न आएको छुः लामिछाने

तीनै जनालाई लक्षित गर्दै उनले भने, 'बा'हरु (बुढा) भएका छन्, 'बा'हरुलाई सम्मान गर्ने मान्छेहरू छन्, 'बा'हरु अगाडि बढ्दैन, बुवाको मुख हेर्ने दिनको अवसरमा उनले पछाडि 'बा' भएकाहरुलाई सा-सम्मान बिदा गर्न जनतालाई अनुरोध गरेका छन्।

एमालेका एक सदस्यले कम्तीमा २ नयाँ मतदाता थप्नुपर्ने

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमालेका ८ लाख पुराना सदस्य छन्। थपिएका करिब ३ लाखको अद्यावधिक हुन बाँकी रहेको उनले बताए। ११ लाख पार्टी सदस्यले दुई जना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ।

एमाले केन्द्रीय कमिटी बैठकः समूहगत प्रस्तुति शुरु

एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति शुरु भइरहेको बताए।

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ।

एमाले बैठकमा नागरिकता ऐन प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकमा नयाँ नागरिकता ऐन प्रस्ताव गरेका छन्।

ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ वटा समूह गठन

पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रबारदेखि शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

अंगीकृतका हकमा निश्चित समयपछि मात्र नागरिकता पाउने व्यवस्था हुनुपर्छः अध्यक्ष ओली

शुक्रबार पार्टीको केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले भनेका छन्, ‘नागरिकता प्राप्त नगर्दासम्मको अवधिमा बैवाहिक अंगीकृतहरुलाई बसोबासका लागि परिचय पत्र वितरण गर्ने र व्यवसायलगायत काममा लागि सहज तुल्याइनुपर्छ।’

निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ एमाले अघि बढ्छः सचिव भट्टराई

सचिव भट्टराईले चालू केन्द्रिय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दाबी समेत गरे।

हाम्रो शक्तिको स्रोत आमजनता हुन्, समूहका टाउका होइनन्ः ओली (१९ पृष्ठको राजनीतिक प्रतिवेदनसहित)

‘आज गठबन्धन दलहरु एक्लै लड्न डराइरहेका छन्। र, जसरी पाँच दलमाथि नयाँ दलहरु थपेर हामीलाई एक्ल्याउने कोशिस गरिरहेका छन् यसले उनीहरुको शक्ति, सामथ्र्य र मनोवललाई होइन, कमजोरी निरिहता र धरमराइरहेको आत्मविश्वासलाई प्रतिविम्बित गर्छ। हाम्रो शक्तिको स्रोत आमजनता हुन, समूहहरुका टाउकाहरु होइनन’,

जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन ओलीको निर्देशन

‘यस निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा, भयरहित परिस्थितिमा, भयरहित वातावरणमा हामीले सम्पन्न गर्नुपर्नेछ। यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन हामीले प्रभावकारी भुमिका खेल्नुपर्दछ। यसका निम्ति हाम्रो सरकारसँग वार्ता, कुराकानी र दवाब। र त्यसै गरेर राज्यका निर्वाचनसँग सम्बन्धित विभिन्न अंग र निकायहरुसँग हामीले सम्वाद पनि गर्नुपर्दछ। र बेठिक कुरा गर्नबाट उनीहरुलाई रोक्नु पनि पर्दछ।'

आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिए।

गठबन्धन घेराबन्दीको प्रतिवाद गर्ने एमाले निर्णय

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूलाई सत्ता गठबन्धनले पुरै घेराबन्दी गरेको निष्कर्ष निकाल्दै त्यसको कडा प्रतिवाद गर्ने भएको छ।

एमाले केन्द्रीय कमिटी बैठक: निर्वाचन केन्द्रित एजेण्डा तय

एमालेको केन्द्रीय कमिटी बैठक भदौं १० र ११ गते बस्दैछ। सोही बैठकमा लागि आगामी निर्वाचन केन्द्रित एजेण्डाहरु पार्टी पोलिटब्यूरो बैठकले तय गरेको सचिव योगेशकुमार भट्टराईले बताए।

एमाले पोलिटब्यूरो बैठक सुरु

नेकपा (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्