नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक शुरु भएको हो। एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति शुरु भइरहेको बताए।
हिजोको बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल गर्न दशवटा समूह बनाइएको थियो। अहिले समूहका नेताहरूको प्रतिवेदनमाथि समूहगत निष्कर्ष भइरहेको छ। समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसङ्गठन तथा प्रवास र केन्द्रीय विभागमा विभाजन गरिएको छ।समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने उपप्रमुख रिजालले जानकारी दिए।
प्रकाशित: ११ भाद्र २०७९ ०७:५८ शनिबार