१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेका एक सदस्यले कम्तीमा २ नयाँ मतदाता थप्नुपर्ने

नेकपा (एमाले)ले एक जना पार्टी सदस्यले कम्तीमा दुई जना नयाँ मतदाता थप्ने र पाँच जना पुरानाको संरक्षण अभियान सञ्चालन गर्ने भएको छ।  पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा उक्त योजना पेश भएको हो।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमालेका ८ लाख पुराना सदस्य छन्। थपिएका करिब ३ लाखको अद्यावधिक हुन बाँकी रहेको उनले बताए। ११ लाख पार्टी सदस्यले दुई जना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ।

केन्द्रीय कमिटीको बैठकमा नौ वटै समूहका टोलीका नेताले अध्यक्षको प्रतिवेदनमा समूह छलफलबाट उठेको जिज्ञासा तथा सुझावसहित धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिँदैछन्। एमाले बैठक आजै समापन हुनेछ।

प्रकाशित: ११ भाद्र २०७९ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App