३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ एमाले अघि बढ्छः सचिव भट्टराई

फाइल तस्बिर।

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ नेकपा एमाले अघि बढ्ने बताएका छन्।

सचिव भट्टराईले चालू केन्द्रिय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दाबी समेत गरे। उनले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजी भईरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रिय कमिटीमार्फत् चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पारे।  

सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै उनले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले  नेतृत्वको सरकारको विकल्प नरहेको पटकपटक दोहोर्‍याए।  

यस्तै गठबन्धन सरकारले वैदेशिक सम्बन्धहरु बिगारेको उनको आरोप छ।   विशेषगरी अमेरिका, भारत र चीनसँग सम्बन्ध उनले बताए। नेपालको मामिलामा उनीहरु एकअर्काबीचमा भनाभन गरिराखेको र नेपालले त्यसमा सन्तुलन गुमाईरहेको अवस्था रहेको सचिव भट्टराइले बताए।

सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तरघात नहुने गरी पार्टीको सिंगो पंक्तिलाई परिचालन गर्न पनि केन्द्रिय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताए। पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीहरुलाई पनि आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने दाबी गरे। संवैधानिक व्यवस्था अनुसार चुनावमा दलहरुबीच प्रतिस्पर्धा हुने भएकाले आफ्नो दल आफ्नै सामथ्र्यमा उभिएर निर्वाचनमा जाने उनको तर्क थियो।  

सचिव भट्टराईले स्थानीय तह निर्वाचनमा भएको नकारात्मक सन्देशहरुबाट सिकेर आगामी निर्वाचनमा आफ्नो पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताए।

उनले आगामी निर्वाचनमा एमालेले इमान्दार र जित्न सक्ने नेताहरुलाई उम्मेदवार बनाउने मापदण्ड तय गरेको पनि बताए।

प्रकाशित: १० भाद्र २०७९ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App