१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कुख्यात डन मनाङेलाई सघाउन एमालेको उम्मेदवारी फिर्ता

एमाले मनाङकी उम्मेद्वार खण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी छिन्। लामाको उम्मेदवारी फिर्ता भएपछि एमालेको समर्थन स्वतन्त्र उम्मेद्वार बनेका कुख्यात डन राजीव गुरुङ (दिपक मनाङे) लाई हुने भएको छ। मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार लामाको उम्मेदवारी फिर्ता भएको नागरिकन्युजलाई बताए।

‘दिपक मनांगे नै एमालेका उम्मेदवार’

एमालेले प्रदेशसभा निर्वाचनका लागि मनाङमा दिपक मनांगे (राजीव गुरुङ) लाई उम्मेदवार बनाउने तयारी गरे पनि अन्तिम समयमा विवाद हुँदा खण्डा लामा गुरुङलाई उम्मेदवार चयन ग¥यो । टिकट नपाएका मनांगेले प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमाले र माओबादी केन्द्रले पार्टीको झण्डा साटे

बाम एकताका क्रममा खोटाङमा एमाले र माओवादी केन्द्रले आपसमा झण्डा साटेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वार रहेका एमाले र माओबादी नेताले सुर्य चिन्ह अंकित झण्डा र गोलाकारभित्रको हँसिया हथौडा अंकित झण्डा साटेका हुन्। मंगलबार सदरमुकाम दिक्तेलस्थित समिक्षालय हलमा आयोजित अन्तरघुलन एबं संयुक्त अगुवा कार्यकर्ता भेलामा एमालेकातर्फबाट बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल भट्टराई र क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका नेता रामकुमार राईबीचमा पार्टीको झण्डा साटासाट गरिएको हो।

एमाले नेताको उम्मेदवारी फिर्ता नलिने अडान

वाम गठबन्धनको तालमेली विपरीत प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका एमाले उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता नहुने अडान लिएका छन् । माओवादी र एमालेका नेताहरुको कार्यदलले गरेको निर्णय अनुसार उम्मेदवारी दिएको जानकारी एमालेको तर्फबाट प्रदेश सभाको लागि क्षेत्र नम्बर १ का उम्मेदवारी दिएका नीरज आचार्यले बताए ।

एमालेका ‘पाहुना’ उम्मेदवार

बहुदलयताका प्रायःजसो निर्वाचन जित्दै आएका दोलखा एमालेका दुई नेताले दोलखास्थित प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का लागि टिकटको दाबी गरे । भीमेश्वर नगरपालिका, कालिञ्चोक, विगु र शैलुङ गाउँपालिका गरेर ४ वटा स्थानीय तह रहेका प्रदेश निर्वाचन क्षेत्र ख मा एमालेभित्र जिविसका पूर्वसभापति विगु गाउँपालिकाका लालकुमार केसी र पार्टी अध्यक्ष केपी ओली निकट कालिञ्चोक गाउँपालिका स्थायी घर भएका उद्योगी बालकृष्ण शिवाकोटी सबैभन्दा बढी दौडधुपमा थिए ।

बझाङमा एमालेको बागी

प्रदेश नम्बर ७ मा पहिलो चरणमा निर्वाचन हुने ४ जिल्लामध्ये बझाङमा एमालेको असन्तुष्ट पक्षले बागी उम्मेदवारी दर्ता गराएको छ । १ निर्वाचन क्षेत्र रहेको बझाङमा एमालेका जिल्ला कमिटीका सचिवालय सदस्य गोपालबहादुर खड्काले प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवारी दिएका छन् ।

दोलखा २ मा एमालेका सधैं 'पाहुना' उम्मेदवार

दोलखा स्थित प्रदेश सभाको क्षेत्र नं २ मा बहुदल यताका प्राय निर्वाचन जित्दै आएको एमाले भित्र आगामी प्रदेश सभा चुनावका लागि सोही क्षेत्रमा नाम कहलिएका दुई नेताले टिकट दाबी गरे।

७ नम्वर प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता थापा आकांक्षी

सात नम्बर प्रदेशको मुख्यमन्त्रीको दावी सहित एमाले नेता कर्ण बहादुर थापा प्रदेश सभाको समानुपातिकमा बसेका छन्। एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य एवं प्रदेश सहसंयोजक थापा प्रदेश तर्फको समानुपातिक कोटामा सिफारिस भएका छन्।

दोलखा एमालेका पुराना नेता मालेबाट उम्मेदवार

दोलखा २ मा प्रदेश सभा सदस्यका आकांक्षी एवं एमालेका पुराना नेता लालकुमार केसीले नेकपा मालेबाट उम्मेदवारी दिएका छन्।

यी हुन् एमालेबाट टिकट पाएका २४ जिल्लाका उम्मेदवार

नेकपा (एमाले) स्थायी कमिटी बैठकले पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ।

एमाले उम्मेदवार उठ्ने निर्णयप्रति माओवादी नेताको आपत्ति

आगामी मंसिर १० गते हुने प्रदेश सभाको चुनावका लागि  जाजरकोटका दुवै सीटमा  एमालेका उम्मेदवार उठाउने वाम गठवन्धनको निर्णयप्रति  माओवादीका  नेताहरुले चर्काे विरोध जनाएका छन् ।  माओवादी केन्द्रको  ६ नम्वर प्रदेशका संयोजक  मायाप्रसाद शर्माले  वाम गठवन्धनका नाममा  आफ्नो पार्टीका सयौं कार्यकर्ताले बगाएको रगतको अवमुल्यन भएको भन्दै  उक्त निर्णयप्रति आपत्ति जनाएका छन् ।

माओवादी एमालेमा प्रदेश सभाको टिकट तानातान

आगामी  मंसिर १० गते हुने संघीय संसद अन्तरगत  प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनका लागि  जाजरकोटमा वाम गठवन्धन गरेका एमाले र माओवादीबीच टीकट तानातान  भएको  छ ।  वाम गठवन्धनको सहमति अनुसार  तालमेलमा  जानका  लागि  माओवादी र एमालेका  नेताहरूले आफ्नो दावी नछोडेका कारण अहिले सम्म  कसले टिकट पाउने भनेर निर्णय हुन नसकेको दुवै पक्षका नेताहरूले बताएका छन्।

मन्त्रीको जिम्मेवारी हेरफेरप्रति एमालेको आपत्ति

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई जिम्ेमवारीविहीन बनाएकोमा गम्भीर आपत्ति जनाएको छ। एमाले स्थायी कमिटी बैठकले निर्वाचन आचारसंहिता लागू भइरहेको र समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार मनोनयन भइरहेको अवस्थामा गरिएको जिम्मेवारी हेरफेरले आचारसंहिताको ठाडो उल्लंघन भएको ठहर गरेको छ।

एमाले सांसद चापागाईले सांसद विकास कोषको रकम वितरण गर्न सकिनन्

निवर्तमान सांसद कल्पना चापागाई जोशीले आफ्नो पदावधिभित्र सांसद विकास कोषको रकम बितरण गर्न असफल भएकी छन्। शनिबार पदावधि सकिदाँसम्म उनले जिल्ला प्राविधिक कार्यालयमा कुनैपनि योजनाको नाम दिन नसकेकी हुन्।

दोलखामा माओवादी केन्द्रलाई सिट नदिन एमाले भित्र चर्को लबिङ

एमाले र नेकपा माओवादी केन्द्रबीच ‘पानी बाराबार’ सम्मको टकराव सम्बन्ध रहेको दोलखामा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रलाई सिट नदिन एमाले जिल्ला नेतृत्वले पार्टी केन्द्रमा चर्को दबाब थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्